Posted by: Rahuldai June 20, 2007
समाचारपत्र स्थगित
Login in to Rate this Post:     0       ?        
कुण्ड कुण्ड पानी मुण्ड् मुण्ड बिचार। तर्कना अनेक गर्न सकिन्छ तर पुष्कर लाल को हुन् चिन्ने मान्छेले पुष्करकै चाल भन्ने छन्। समचार पत्रको प्रिष्ठ भूमी हेर्नुस्। आजको समाचार् पत्र चलाउंदा त्यो अखबार को दैनिक घाटा पचासौं हजारको थियो, महानगर् दैनिक १० हजार् छापिन्थे, रु २ मा। तै पनि बर्षौं चलाए। कान्तिपुरले ६ हजारमा छाप्ने बिज्ञापन ३ हजार् मा छपिन्थे र बर्ष भरि को पत्रिका निशुल्क दिन्थे। तै पनि पुष्कर लाल् दुब्लाएन। श्री सम्पति बढेको बढेइ नै भए। ज्ञानेको पहिलो अन्तर्वार्ता लिने सौभाग्य पुष्करलाल ले नै पाए। यो कुनै संयोग हुन सक्दैन। उनी कुनै पनि हिसाबले वरिष्ठ पत्रकार थिएन। शाही साशनकाल मा कुनै पनि अंकमा असंबैधानिक कदमको बिरोध गरेन। बरु मन्डलेहरुको बहुदलबादि प्रतिको बिष बमन हदै सम्म गरे। अब भन्नुस्, त्यो पत्रिका अब बन्द भयो भने दोष कस्लाई दिने? हुन सक्छ, वाइ सी एल ले धम्काए, सन्काए होला। त्यो राम्रो कुरा होइन। ज्ञानेको पार्टनर्शीपमा चलेको पत्रीका को कुनै भबिष्य न देखेर बन्द गर्ने कु चाल किन हुन सक्दैन।
Read Full Discussion Thread for this article