Posted by: harigautam1 June 20, 2007
समाचारपत्र स्थगित
Login in to Rate this Post:     0       ?        
- वितरकहरूले अवरोध पुर्‍याएका कारण देखाउँदै कामना प्रकाशन समूह व्यवस्थापनले नेपाल समाचारपत्र र महानगर सन्ध्या- कालीन दै निकको प्रकाशन केही दिनका लागि बन्द गरेको छ । समूहका कार्यकारी अध्यक्ष पुष्करलाल श्रेष्ठले मंगलबार राति विज्ञप्ति जारी गरी पत्रिका वितरण गर्ने सोलुसन प्रालिका केही वितरकले कार्यालयमा अवरोध पुर्‍याएकाले महानगर मंगलबारदेखि र समाचारपत्र बुधबारदेखि केही दिनका लागि बाध्यतावश बन्द गर्नुपरेको जनाएका छन् । करारमा पत्रिका वितरणको जिम्मा लिएको सोलुसन प्रालिका वितरक कर्मचारीले प्रकाशन संस्थामै आबद्ध भएर मजदुर युनियन दर्ता गर्न पाउनुपर्ने माग राखेपछि बन्द गर्नुपर्ने स्थिति आएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा माओवादीको मजदुर संगठनसित सम्बद्ध अखिल नेपाल संचार, छापाखाना र प्रकाशन मजदुर संघमा आबद्ध मजदुरले विगत डेढ महिनादेखि विभिन्न माग राखेर छापाखाना घेराउ, प्रदर्शन, नाराबाजीजस्ता गतिविधि गरी प्रकाशनमा अवरोध पुर्‍याउँद
Read Full Discussion Thread for this article