Posted by: world_map June 19, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
हा हा! दुर्गे भाउजू, त्यो बुसेसँग बसेर के तिनपाने पिई भो र? उसको छोरीसँग भए त हुन्थ्यो नि! :P ;) ओ निसे! कसरी सिक भयौ तिमी? पानी उमालेर खाऊ अनि ठीक हुन्छ। भौते गोरू (सरी! गुरू! जिभ्रो चिप्लियो) को वाक्चातुर्यको कुरा गर्दा मलाइ यौटा कुरा याद आयो। पहिले पहिले भौते गुरू साझामै सबभन्दा हँसाउने र सबैभन्दा खोजी गरिने व्यक्तिमा पर्थे, उनको रमाइलो हाँस्यव्यङ्यको कारणले। यो चौतारीको शुरूवात नै 'भौते हराएको सूचना' बाट भएको हो। त्यही धागोको निरन्तरता हो चौतारी। त्यसैले भौते गुरू र त्यो धागो शुरू गर्ने ईश्वर गुरूलाइ पहिले चौतारीमा दौसल्ला ओढाई सम्मान नि गरिएको थियो क्यारे। अहिले चैं भौतेले त्यो दोसल्ला बेची खाए भन्ने सुन्छु नि! :P
Read Full Discussion Thread for this article