Posted by: भउते June 19, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
भान्जी, बधाइ छ है नातिnI पाइदेकोमा। :-) अस्ति पनि दे'को बधाइ, ढिला दे'को भनेर ठुस्स परेकी जस्ति छ बाइ यो भान्जी केटी त। :p lol सुमन हा हा हा ! कसै कसैलाई त कति ट्याम हुँदो हो गाँठे, यै चौतारीका सदस्यको रिसर्च गरेर बस्न नि भ्याउँदा रे'छन। गो सुमन गो, यु रक म्यान ! रिसर्च गरेर लास्टाँ यैँ चौतारीमा थेसिस डिफेन्स अर्नु। मैले नेपे दाजीलाई चेयर, अनि पुन्टे-दा, जिम्माल-बा, राहुल-दा र मास्टर्नी भावीलाई एक्ज्याम कमिटीको लागि सिफारिस अर्छु। :-) चौतारीमा लइन मारेर अप्ठेरो पर्यो भनेर गुनासो आएछ। आफ्नो त नानी देखिको बानी। बाउले लखेट्दा बरु कौशी बाट फुङ्गालेर भागियो, तर बाटोमा हिँड्नेलाई सिट्टी मार्न छोडिएन के रे। (बरु उल्टै आफैलाई २-४ वटा ढुङ्गा मारे, खप्पर फुट्ने गरी) । :p :p ज्योत्स दिज्यु ! दर्शन अरेँ। हजुरको कुरा नि एक हिसाब ले त मुनासिब नै हो के। तर एउटै खेतमा रोपाईँ गर्ने बीच घरी घरी हिलो छ्यापा-छ्याप त भै हाल्छ नि। कहिले काहीँ त आलीमा तरक्क परेर बसेर तमाशा हेर्नेलाई पनि हिलो पुग्छ के। :p बाटै-बाट भारी बोकेर हिड्ने तिर पो हिलो पुग्न भएन त। निशेलाई पूर्ण समर्थन ! कुरो मिल्छ के सोम सँग। एउटै ड्याङको मुला न पर्यो। :-) कि कसो हो मिस-भावी ज्यु। प्लिज ! भावी यसपाली त हजुरको भोट चाहिन्छ चाहिन्छ मलाई। :-) :-) -भउते
Read Full Discussion Thread for this article