Posted by: miss_ me June 19, 2007
Login in to Rate this Post:
0
?
खाना खाएपछि निश्चलले भन्यो, "हजुरआमा हामीलाई फेरि अस्तिको कथा सुनाउनुहोस् न!"
"कति कथा सुन्न पर्छ यसलाई? हजुरआमालाई सधैं दु:ख दिएर!" आमा बिचैमा कड्किनुभयो।
"नाइँ क्या! आज पनि सुन्ने।" निश्चल सोफामा चढ्यो र हजुरआमाको पाखुरामा आडेस लगाउँदै पिर्न थाल्यो।
"अब सुत्ने नि! फेरि एउटै कथा कति पटक सुन्ने?" भान्साबाट आमाको स्वर सुनियो।
हजुरआमा मुसुक्क हाँस्नुभयो र सोफाबाट उठ्नुभयो। अनि निश्चललाई डोर्याएर कोठ
अनि निश्चललाई डोर्याएर कोठातिर लिएर जानुभयो, "ठिकै छ नि त। म यिनीहरुलाई सुताउँछु, तिमी त्यता काम गर्दै गर।"
आज फेरि कथा सुन्न पाइने खबर सुनेर, यतिञ्जेल चुपचाप कुरा सुनिरहेकी नीलिमा खुर्रर्र दौडिंदै कोठाभित्र पसी र दाजुभन्दा अगाडि ओछ्यानतिर हाम्फाली।
"कुन कथा रे तिमीलाई सुन्न परेको?" हजुरआमाले सिरानीलाई भित्तामा अड्याउनुभयो र त्यसमा आडेस लगाउनुभयो.
"त्यही कथा हजुरआमा! रोबोट र मान्छेको युद्द भएको। रोबोटहरुले हामीमाथि राज्य गरको, अनि
मान्छेले आफ्नो शक्ति फिर्ता ल्याएको। अनि हाम्रो बराजू तीन सय वर्षसम्म लुकी लुकी हिंडेको।"
"त्यो कथा हैन निश्चल! त्यो त इतिहास हो। तिम्रो हाम्रो आफ्नै पुर्खाले भोगेको जीवनकहानी हो। प्रलयमा पुगिसकेको मानव सभ्यतालाई अनिष्टको संघारबाट ब्युँताउन गरेको तपस्या हो।"-------क्रमस:
----गालबको डायरीबाट
यो कथा चाडै तर क्रमस गर्दै राख्नु है गालब
************************************************************************
नउस्ते ज्योतीजी। हउरको कुरो मुलाइ नि चीत्त बुझ्यो ।:)
अरुलई पनि नउस्ते अरे है मुइले