Posted by: chanaa_tarkaari June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
उताबाट यता सारेको है -- बिना प्रसङगमा पेस्टेको ---- ---------------------------------------------------------------- अब म:म: पनि चिसो, अचार पनि चिसो - के खाइ भयो त ? म:म: खाने चम्चाले हो, काँटा र चक्कुले होइन । चम्चालाइ नै चक्कु बनाएर टुक्रा टुक्रा गर्दा म:म:को स्वाद पहिल्यै खत्तम हुन्छ । (ठट्टामा : धन्न चम्चाअधिकारबादि र चक्कुअधिकारबादि संस्थाहरु बनेका छैनन, नत्र यसरी चम्चाले म:म: काटेर चक्कुको अधिकार हनन भयो, त्यस्तो गर्न पाइन्न भनेर चक्कुअधिकारबादिले आन्दोलन गर्न बेर लाउन्न थियो होला, नेपालमा ) भात, भोज वा पार्टीको खाना जसरी पहिला नै तयार गरेर राखेको खानालाइ प्लेटमा हाल्दै थप्दै म:म: खान मिल्दैन । ताजा ताजा पाकेको वा भुटेको म:म: ताजा ताजा खानु पर्ने हुँदा यसलाइ पहिला नै तयार गरेर राखिदैन । पिठो मुछेर राख्न सकिन्छ, किमा तयार गरेर राख्न सकिन्छ तर म:म: पोको पारेर वा पकाएर राख्दा म:म: को स्वाद बिग्रने हुनाले म:म: भनेको बनाउदै पकाउदै खाँदै गर्नु पर्ने खाना हो। म:म: एक्लै बसेर खानुभन्दा ग्रुपमा बसेर खानु धेरै मज्जा । यस हिसाबले म:म: social food नै हो । तर म:म: खानु भनेको प्लेटमा तयार म:म:लाइ चम्चाले उचालेर पेटमा ठोस्नुमात्र होइन है । बजारमा पाइने तयारी म:म: खाने भए कुरो बेग्लै, नत्र म:म: खानु भनेको कम्तिमा पनि म:म: पोको पार्ने, पकाउने देखि खाने सम्मको समयाबधिलाइ मान्नु पर्ने हुन्छ । यो समयभित्र यथेष्ट गफगाफ, हाँसिमजाक र कुराकानी हुने हुँदा म:म: ले social food को रुप लिने हो । यो यस्तो social हो कि जहाँ औपचारिकताको बाँधहरु प्राय भत्किने गर्छ । सबैले त्यहि पिठोमा हात हाल्छन, सबैले सँगै खान्छन सबै समान रुपमा सहभागि हुन्छन । तर तयारी म:म: लाइ टुक्रा टुक्रा पार्दै गफ गर्दै लामो समय लगाएर खानु भनेको म:म:को स्वादको परख गर्नु भन्दा गफ गर्नैको लागि म:म: छान्ने एउटा wrong choice मात्र हो । डेटिङ जाँदा रेस्टुरेण्टमा यसरी म:म: खानेहरु मैले पनि देखेको छु, तर यसरी खाँदा आफ्ना मित्र, जो तातो म:म: छिटो खाइसकेर साथी कुरेका हुन्छन, लाइ कत्तिको बोर हुँदो हो, त्यो हेक्का राख्न म:म: टुक्रा टुक्रा पार्दै गफ गर्दै लामो समय लगाएर खानेले हेक्का राख्न बिर्सेको हुन्छ । दुबैजना वा सबैजना टुक्रा पार्दै खान रुचाउने हुन भने खास फरक पर्दैन । अनि आर्को कुरा, जसले तातो नफुटेको म:म: खान्छन, उनिहरु फुटेको म:म:मा कहिल्यै रमाउदैनन । तातो म:म: लाइ एकछिन कुरेर आफुले खानसक्नेजति मनतातो भएपछि खाँदा पनि फुटेको म:म: भन्दा स्वादीलो नै हुन्छ ।
Read Full Discussion Thread for this article