Posted by: Pretty June 18, 2007
Recipe
Login in to Rate this Post:     0       ?        
rahul_vai ko momo recipe-> मीठो म: म : बनाउने शान्दार् तरिका। चिकेन म:म: ****************** सामाग्रीहरु १ पाउण्ड् ग्राइन्ड् चिकेन म १ गोटा ठिक्क साइज को प्याज २ गोटा छ्यापि अलिकति बन्दा( न राखे नि हुन्छ) १ पाउन्ड् पीठो (५० ओटा भएको गोलो र्‍यापर्) मसला- जिराको धुलो, नून, हल्दी, गरम् मसला, छ भने दाल्चिनि को धुलो घिउ वा बटर् तरिका *********** 1-मासु, अनि गाइन्ड् गरिएको प्याज छ्यापि र बन्दा सहित मुछ्ने मसला हाल्दै। तोरि को तेल छ भने अझ मीठो बासना दिने हुन्छ। घिउ पनि हाल्ने। अझ मुछ्ने। 2-र्‍यापर् को भन्दा नि पीठो मुछेर बनाउदा मीठो हुने हुन्छ। अल्छि न लागे, पीठो मा पानी थोरै हाली मुलायम् हुने गरि मुछ्ने। रोटि बनाउन लायक भए पछि स सानो डल्ला बनाउने( आफ्नो मुख को साइज अनुसार् म: म: बनाउने साइज को डल्ला )। अनि बेल्ना ले पेलेर रोटि बनाउने, बेल्नाको अभाव छ वा बुढिको डर ले लुकाउनु भए छ भने २ ओटा स्टिलको प्लेटको बिचमा पीथो को डल्ला राखेर बेस्सरि च्यापे नि रोटि बन्ने हुन्छ। अथवा हातैले औलाले थिची थिची पनि बनौन सकिन्छ। 3-अब पीठो को ससानो रोटिमा मासुको डल्ला हल्ला न गरि हाल्ने। अनि अाफ्नो ढंगले म:म: लाई आकार प्रकार दिने। 4- म: म: पकाउने भाडाम हाल्ने। 5-पानी पहिले नै उमाल्ने र उम्लेको पानीमा काँचो म: म; हाले पछि करीब ६ डेखि ८ मिनेट् सम्म ढक्कन बन्द गरेर पकाउने। तयार भो म: म: म: म: खाने तरिका। ******************** 1-ताततातो सिङ्गो म:म: खाने। 2-असलि स्वाद् म: म: को हुने भएको ले अचार लाइ कम् बिचार् गर्ने। 3- म: म: लाई एक् दिन बासी गरेर (फ्रीजमा हालेर फेरि) भोलि पल्ट हल्का तेलराखेर फ्राइ गरेको म:म: स्टीम म: म्: भन्दा मीठो हुने कुरा ३५ बर्षको अनुभवले बताउंछ। अस्तु!
Read Full Discussion Thread for this article