Posted by: भउते June 17, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
कता कता बोको बोको गनाए जस्तो लाग्यो। आज जिम्मालले दशैँलाई भनेर पालेर राखेको घरको छिर्के बोको बाँध्न बिर्सेछन कि फुकेर चौतारीतिर झरेछ जस्तो नि लायो। यता उति हेर्छु कतै देख्दिन। गन्ध चै ठुसुक्कै नाकै टाल्न पर्ने गरि चल्न थाल्यो। यसो चियाएर हेरेको त चौतारीको छेउमा कतिखेर कतिखेर नमे आएर पो टुसुक्क बसेको रे'छ। मैले देखिनछु। :p :p के छ नमे, सन्चै छ? ? :-) पछारिनी मात्र हैन, पसारिनी बेला पनि भयो सालीनानी। घ्याम्पो चैँ पिजाले भरियो। बाँकीरहेको बचे-खुचेको चर-कुना-काप्चामा जाँडले फील गरियो। अब लमतन्न परेर पसारिएपछि पिजा र जाँडले आफै सतह मिलाउँछ। नौ कक्षाको बिज्ञानमा हो क्यारे, तरल पदार्थले आफै सतह मिलाउँछ भनेर पढेको। तरलमा अलि अलि ठोस मिसाए पनि सतह चैँ आफै मिल्दो रे'छ।अहिले आएर बल्ल कुरो बुझिँदैछ। उतिखेर कुरो नबुझेर इसिल्सीमा तारा देखियो। :-) सालीनानीको पसारिनी बेला भएन ? लु भयो भने, शुभरात्री। फुर्सद मिल्यो भने सपनामा तर्साउन आम्ला। मुटु दह्रो बनाएर सुत्नु। :-) भुलचुक माफ, चौतारीका सबै मीत्र-मित्राणीहरुलाई शुभरात्री !
Read Full Discussion Thread for this article