Posted by: raazstone June 16, 2007
what IF INDIA ATTACKS NEPAL????
Login in to Rate this Post:     0       ?        
India is encroaching Nepali land day and night. This news is taken from फेरि target=_blank>http://www.newsofnepal.com फेरि नेपाली भूमि अतिक्रमण हेमन्त पौडेल कैलाली कैलालीको मध्यवर्ती भजनी तथा लालबोझी गाविसको ५ सय बिघाभन्दा बढी जमिन भारतले अतिक्रमण गरेको छ। दुइ वर्षअघि आएको सीमा सर्वेक्षण टोलीले साबिकको पिलरभन्दा करिब २० मिटर नेपालतर्फ नयाँ पिलर गाडी नेपालको सो भूमि अतिक्रमण गरेको हो। करिब १५ किमि टाढासम्मको क्षेत्रमा भारतीय पक्षबाट नेपालतर्फसीमा मिचेर भारतले नयाँ पिलर गाडेको हो। नेपालतर्फ पिलर गाडेकोमा स्थानीय बासिन्दाले विरोध गरे पनि सरकार मूकदर्शक भएका कारण भारतले नेपालतर्फ अझ च्याप्दै ल्याएको छ। 'सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म भारतले आफनो सिमाना नेपालतर्फबढाउँदै आएको छ तर नयाँ लोकतान्त्रिक सरकार पनि यसबारेमा किन बोलिरहेको छैन' -लालबोझी गाविसका बासिन्दा तथा नेकपा (एमाले) का जिल्ला सदस्य रतन रेग्मीले बताउनुभयो। भजनी गाविस-९ कुसुमघाटका मात्र करिब ४० परिवारको ५० बिघाभन्दा बढी जग्गा भारतले आफनो नियन्त्रणमा लिएको छ। बाँकी जमिन सबै लालबोझी गाविसको रहेको छ। भारतीय अतिक्रमणअघि आफनो जमिन गुमाएका भजनी-८ कुसुमघाटका विरु विकले नेपाल समाचारपत्रसँग भन्नुभयो- 'नेपालीहरूसँग जग्गाको लालपुर्जा छ तर भारतीयहरूले कमाएका छन्। आफनो नामको जग्गा हो भन्दै जोत्न जाँदा भारतीयहरूले नेपालीलाई जोत्न नदिई गोरुसमेत लुटेर कुटपिट गरी फर्काउँछन्।' पहिला मोहना नदी दक्षिणतिरबाट बग्ने गरेकोमा अहिले नेपालपट्टि सरेपछि नदीले छोडेको थप भू-भाग भारतीयले कब्जा गरेको विकले बताउनुभयो। नयाँ गाडेको पिलरदेखि बाहिर भारततर्फखनजोत गरेमा भारतीयले मार्ने धम्की दिने गरेको लालबोझी-९ कौवाखेडाका प्रतापसिंह साउदले बताउनुभयो। त्यसै गरी एमाले नेता रेग्मीले भन्नुभयो- 'भारतीयबाट भएको ज्यादतीका बारेमा बारम्बार सम्बन्धित निकायलाई लिखित जानकारी गरायौं तर कसैले सुनेनन्।' जिल्ला प्रशासन कार्यालय कैलालीमा जानकारी गराइए पनि अहिलेसम्म सुनुवाइ नभएको स्थानीय बासिन्दाहरू बताउँछन्। आफनो बेग्लै राज्यको दाबी गर्ने गरेका माओवादीको उपस्थिति यस क्षेत्रमा रहे पनि अतिक्रमण रोक्ने विषयमा कुनै पहल गर्न नसकेको गुनासो पनि स्थानीय बासिन्दाको छ। 'भन्सारमा बसेर कर असुल्ने काम माओवादीले गरे तर देश बचाउने काममा लागेनन्' -उनीहरूको टिप्पणी छ। प्रमुख जिल्ला अधिकारी गणेशबहादुर खत्रीले एक साताभित्र सीमासुरक्षा टोली गठन गरी अतिक्रमित क्षेत्रमा स्थलगत निरीक्षणका लागि पठाइने जानकारी दिनुभयो।
Read Full Discussion Thread for this article