Posted by: Gautam B. June 16, 2007
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
'तन्नेरी' का यी गजलहरु दा------मी लागे! - सुरेश सुवेदी तिमी आँसुका नागवेलीहरूमा बग्यौ छल्किँदै यी परेलीहरूमा भयो छोड चिन्ता म वैलेर के भो ? तिमी फुल्नु वेली-चमेलीहरूमा तिमी साथ छोडेर टाढा गए नि बस्यौ सम्झनाका तरेलीहरूमा म झुप्राहरू भित्र बस्नेछु एक्लै तिमी हाँस्नु आफ्ना हवेलीहरूमा । -प्रभाती किरण बडो यत्नले ढुकढुकी साँचिरा थेँ मर्यो भन्दथ्यौ रे ! अझै बाँचिरा थेँ गयौ दूर एक्लै बनाएर एक्लो म तस्बीर तिम्रो यतै टाँसिरा थेँ कतै बागमा कोयली गाउँदैथ्यो टुट्यो तार मनको रुँदै गाँसिरा थेँ हरायो निशानी डढ्यो प्रेम गाथा म कल्पेर आँखा धुँदै नाचिरा थेँ म भक्कानिएथेँ छुट्यो अश्रुधारा नदेखून कसैले भनी हाँसिरा・थेँ । -राधा कँडेल समेटेँ अरूले जिएका कहानी रमेका झुमेका पिएका कहानी कुनै चाहिँ नौला कुनै चैँ पुराना कुनै चोटले बल्झिएका कहानी म हेर्दैछु आफैँ, नियाली कसैले मलाई कतै पर्खिएका कहानी समेट्दैछु एक्लै बसी आज प्रिया सँगै राख भन्दै दिएका कहानी ।
Read Full Discussion Thread for this article