Posted by: chanaa_tarkaari June 15, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
के हुँदैछ ? ओ हो लु म:म: को रेसिपि आएछ । म:म: खान नजान्ने मान्छे ----------------------------- १) जसले म:म: सेलाएर खान्छ, म:म:को तातो झोलले मूख नपोले म:म:को स्वाद थाहै हुदैन । २) जसले म:म: फुटाएर झोल भित्र हालेर खान्छ । म:म:मा आफ्नै झोल हुन्छ, फुटाएर छिराउनु पर्दैन, बरु फुटाउदा खेरी यसको असली झोल बाहिर जान्छ । ३) जसले गफ गर्दै वा साथी कुर्दै म:म: खान्छ, म:म: खाने बेलामा गफ गर्नु हुदैन । ४) जसले म:म:लाइ ८ मिनेट भन्दा बढी पकाउँछ - धेरै पाक्यो भने प्यात्त गएर म:म:को स्वाद खत्तम हुन्छ ५) जसले म:म:को अचार बाक्लो लेदो वा चटनी जस्तो बनाउँछ । यस्तो बाक्लो लेदो वा चटनी जस्तो अचार मनतातो म:म:को लागी मात्र ठीक हुन्छ, तात्तातो बाफ फुल्ल्ल उडेको म:म:को लागी बेठीक हुन्छ । ६) जसले चिसो म:म:को अचारमा तातो म:म: डुबाएर खान्छ । अचारमा डुबाउने भए अचार पनि तातो नै हुने गरी ६० डिग्रीसम्म उमाल्नु पर्छ । यो टिप्सलाइ ध्यानमा राखे म:म:को स्वाद अझ मिठो हुन्छ । यस्तरी म:म: खान पल्केपछि, आहाहाहाहा, के भन्नु र खै, मुख भरी पानी आयोयोयोयोययो । लु अब म माइनस, घर गएर म:म: नखाइ त के छोड्छु र ?
Read Full Discussion Thread for this article