Posted by: balbahadur June 15, 2007
Sujata and Police involved in smuggling
Login in to Rate this Post:     0       ?        
प्रहरीकै ँमिलेमतो’ मा रक्तचन्दन खासातर्फ कान्तिपुर संवाददाता काभ्रे, जेठ ३१ - प्रहरीको मिलेमतोमा बिहीबार दिउँसो दुई ट्रक रक्तचन्दन खासातर्फ गएको छ । विभिन्न समूहले स्कर्टिङ गर्दै चन्दन दोलालघाट पार भएको छ । ना२ख ५५७२ र ना३ख २५४ नम्बरको ट्रकमा अरनिको राजमार्ग हुँदै खासातर्फ गएको हो । स्वयम्भूस्थित गोदामबाट चन्दन लोड गरी उक्त सवारी बिहान ८ बजे काठमाडौंबाट हिँडेको स्रोतले बतायो । दोलालघाटमा करिब साढे ३ बजेतिर पुग्यो । अघिल्लो दिन राति विभिन्न समूह तस्करसँग रकम असुल्न बसे पनि उनीहरू नभएको मौका पारेर चन्दन पार भएको हो । केही समूहले मात्र तस्करसँग पैसा लिन पाएका छन् । धुलिखेलसम्म स्कर्टिङ गर्न काठमाडौंबाट युवाहरू आइपुगेका थिए । अघिल्लो दिन राति एक ट्रक चन्दन साँगास्थित प्रहरी चौकी आएर फर्किएको थियो । 'धेरै समूह ठाउँठाउँमा भएपछि आउन सकेन,' स्रोतले भन्यो- 'प्रहरीले नै चन्दनको गाडी काठमाडौं फर्कायो ।' चन्दन आउने हल्लाले राति ४ बजेसम्म स्थानीय बासिन्दाका विभिन्न समूहहरू धुलिखेलदेखि दोलालघाटमा बसेका थिए । तर उनीहरू नभएको मौका पारी चन्दन फेरि आएको हो । प्रहरीले भने ट्रकमा चन्दन नरहेको दाबी गरेको छ । 'एउटामा चामल र अर्को खाली थियो,' सिन्धुपाल्चोक प्रहरीका डीएसपी सहकुल थापाले भने । चन्दन रहेको सूचना आएर काभ्रेको साँगादेखि प्रत्येक प्रहरी पोस्टमा जाँच गरिएको प्रहरीले जनाएको छ । साँझ ५ बजेतिर उक्त ट्रक बाह्रबिसे पार भएको प्रहरीले बतायो । स्थानीय बासिन्दाले भने प्रहरी र माओवादी दुवैको मिलेमतोमा चन्दन पास गरिएको आरोप लगाएका छन् । तर स्रोतले भने त्यही ट्रकमा चन्दन रहेको बताए । 'बीचमा कतै ओरालेर ट्रक लगिएको हुनसक्छ,' स्रोतले भन्यो- 'प्रहरीले ढाँटेको पनि हुनसक्छ ।' उक्त ट्रकहरू साँझसम्म तातोपानी पुगेका थाहा हुन सकेको छैन । गत सोमबार चन्दन पार गराएको भन्दै स्थानीय बासिन्दाले बाह्रबिसेस्थित प्रहरी चौकी घेराउ गरेका थिए । उनीहरूले अरनिको राजमार्गसमेत अवरुद्ध गरेका थिए । काभ्रेका सहायक प्रजिअ गोविन्द सापकोटाको संयोजकत्वमा दुई साताअघि अनुगमन समित गठन गरिए पनि रक्तचन्दन भने दिउँसै पार भइरहेको छ । समितिमा वन, प्रहरी, सशस्त्र प्रहरी, राजस्व कार्यालयका प्रतिनिधिहरू छन् । समितिको बिहीबारको बैठकले चेकपोस्टहरू स्थापना गर्ने निर्णय पनि गरेको छ । तर भएका चेकपोस्टहरूबाट अहिलेसम्म रक्तचन्दन बरामद गरिएको छैन
Read Full Discussion Thread for this article