Posted by: shirish June 14, 2007
दोशि को ???
Login in to Rate this Post:     0       ?        
म किन दोषी - १ - म नेपालको आर्थीक बिकाशमा केही मद्दत गर्दिन बरु बीस बर्ष पछि नेपाल गएको बेला अंशबण्डामा पाएको घर-जग्गा बेचेर पैसा अमेरिका ल्याएर यंहा कण्डोमिनियम किन्ने म दोषी ! २ - म शिक्षा मन्त्रालयको अर्का जेहेन्दारको छात्रबृतिमा पढेर नेपाल र नेपालीको सेबा नगरि अमेरिका आएको - त्यसैले म दोषी ! ३ - सामान्य जागीर खाएर काठमाण्डुमा प्रसस्त जग्गा जमीन सहित ऐस आराममा बिते जब अन्य नेपालीहरु जिन्दगीभर बांच्नकालागी संघर्ष गर्न बाध्य बनाउने म दोषी ! ४ - ति राजनिती गर्नेहरुले जे मन लाग्यौ त्यै गराएर् भनाएर चूपचाप हेरि रहन सक्ने दोषी म ! ५ - नेपालमा स्वास्नी बालबच्चा छ - यंहा रमाईलो गर्दै हिड्ने म दोषी ! ६ - नाङ्गा पहाड र बिकट जिल्लामा बाटो बन्न नदिई मेरो धर जाने बाटोको पीच माथी पीच गराउने दोषी म ! ७ - रातो चन्दन तस्करि गराउने मै हु - त्यसैले म दोषी ८ - दोषी ठहरिदा ठहरिदा पनि दोषबाट उम्काउन सक्ने म दोषी ! ९ - खाली कुरा गर्छु - कामले केहि देखाउदिन - त्यसैले म दोषी ! १० - क्रमश :
Read Full Discussion Thread for this article