Posted by: Rahuldai June 14, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
जीवन को रुप चर्केको ऐनामा देखिन्न, मायाको रुप मायालु को मुहारमा भेटिन्न जीवन कुनै पूर्बाक्रित रुप हुंदैन। भौतिका चक्षुले देखिने जीवन त स्थुल शरीर मात्र हो, जीवन होइन। तर पनि कसै कसैले ऐना मा स्वरुप् हेर्ने चेष्टा गर्छन्। तर चर्केको ऐना मा देखिएको बाहिरी रुप झनै बिक्रित भएर देखिन्छ। रुपवान पनि कुरुप देखिने हुन्छ। यसरि नै मायालु को रुप मुहार होइन। अनुहार मन को छाया हुने न कुनै बैज्ञानिक आधार छ न कुनै अध्यात्मिक। मायालु को मन हो, जच्नु पर्ने परखनु पर्ने। मन हेर्न सक्ने मन बुझ्न सक्नेले मात्र मायामा धोका र पीडा पाउदैन। तर यो जीवन जगतमा धेरै जसोले अनुहारको सुन्दरता र बैभवको बिशल्तालाई जीवन को रुप हेर्ने गरेको छ तर धेरै ले चर्केको ऐनाम हेरे जस्तो बिक्रित र भ्रम मात्र देख्ने गरेको छ।
Read Full Discussion Thread for this article