Posted by: Rahuldai June 12, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
लौ सबै जना हरि कहा गयो भन्ने बिषयमा चिन्तन गरि राख्या रैछन्। असलि कुरो मलाई थाहा छ, न भन्नु भन्या छ फेरि। भनी हालुम् क्या र, हरि एक जनाको मात्र मुख हेर्नु हैन नि मैले, सारा गाम्ले रिसाउलान् फेरि। हरि को आज हरि बिजोग छ। हिजो अलिकति बढि नै गए छ लोकल सिरि ( श्री), आज ढिला पुगेछ अड्डाँ, हाकिम ले खोज्या रैछ यहि बेला फिरि। हरि न देखे पछि हकिम् भयो तिरिमिरि। अनि त हरि ले खायो बाह्र सत्ताइ कुरो फिरिमा। सरि भनेर कहाँ हुन्छ, गर्ने बेला मन परि। त्यसैले आज हरिको हरि बिजोग, राम् बिजोग, क्रिष्ण बिजोग भै राख्या छ, हाकिम ले जोत्या जोतिइ छ, अब देखि सिरि न खाने कसम खाए छ फिरि। कथा यहिं इतिसिरि।
Read Full Discussion Thread for this article