Posted by: Rahuldai June 11, 2007
तिम्रो हाम्रो कथा
Login in to Rate this Post:     0       ?        
तिम्रो हाम्रो धेरै पूरानो कथा लेख्नै बाकी छ, आफ्नो मुटुको अचानो ब्यथा लेख्नै बाकि छ। सङ्गै बिताएका मीठा पलहरु यति छिट्टै भुल्यौ नचिने झै गर्नेको फलानो कथा लेख्नै बाकी छ। जन्मेको आँगन किन हो कुन्नी पराई लाग्यो रे उही द्यौराली पाखाको बिरानो कथा लेख्नै बाकि छ। ठूला ठूला सपना देख्नेले ठूलै बेग हान्दो रहेछ, बिपना मै बल्झिएको सानो कथा लेख्नै बाकी छ।
Read Full Discussion Thread for this article