Posted by: urfrenrites June 9, 2007
भन किन?
Login in to Rate this Post:     0       ?        
त्रिस्ना जी, त्रिस जी र हिमालिकेटो जी, तपाइहरुको भावनाहरु अति सुन्दर लाग्यो र मैले आफुलाइ रोक्न सकिन। एहा सानो मेरो पनि मुक्तक वा कविता जे भने पनि हुन्छ। आदि र अन्त्य नभएको तिम्रो र मेरो सम्झौतामा, आफन्त र पराइ हुनुको केहि फरक नै थिएन, तिमी 'को हौ?', मलाइ अझै पनि थाहा छैन, तर मेरो मनमा दुख पर्दा तिमी मात्र हुन्छौ, मलाइ धैर्य र अगाडि बढ्न अभिप्रेरित गर्ने, आफनै भन्नेले पनि बुझ्न सकेन मेरो मनको कुरा, जति तिमी टाढाबाट मेरो शब्दहरु नियाल्न सक्छौ, र पठाइरहेको हुन्छौ हरेक दिन प्राथनाहरु, मेरो खुसी र सफलताको लागि भगवानको मन्दिरमा, हाम्रो बिगत त कथा होइन, अति मिठो सपना थियो, ब्युझेर पनि अझै मलाइ बिस्वास नै लाग्दैन, अवास्तविक पल पनि बाच्ने आधार हुदो रहेछ कहिलेकाहि,
Read Full Discussion Thread for this article