Posted by: himaliketo June 9, 2007
भन किन?
Login in to Rate this Post:     0       ?        
अलिकती के रिसाएथे कबिता कोरेछौ मलाई भन्न छोडि तिमीले दुनियाँलाई सुनाएछौ एउटै छानो मुनी बसेका छौ हुन सक्छ तल माथि तिमीले छोडि गए देखि मेरो दुखी रा'छ छाती अलिकती के रिसाएथे कबिता कोरेछौ फुल्दै गएको सपनालाई बिनासीत्ती लुछेछौ भैगो अब नदोह्राउ गल्ती फेरी फेरी छमा गरी मुस्कुराऔ एक अर्कालाई हेरी अलिकती के रिसाएथे कबिता कोरेछौ मलाई भन्न छोडि तिमीले दुनियाँलाई सुनाएछौ बगेछ आसुँ तिम्रो, सुने दुखेछ रे मन अब त्यस्तो भयो भने मन खोलेर भन घर भित्र को कुरा हो मन भित्र राख्नु है भरे लिन आउछु म बाटो हेरी बस्नु है अलिकती के रिसाएथे कबिता कोरेछौ सपना को बाटो तिमीले सजिलै भुलेछौ!!
Read Full Discussion Thread for this article