Posted by: sprakashp June 6, 2007
आउ मुक्तक् को खेती गरौ
Login in to Rate this Post:     0       ?        
यो एउटा पाठशाला पनि हो । सिक्ने र सिकाउने । हरेक समय हरेक मान्छेले हरेकसँग केही न केही सिकीरहेको हुन्छ, राम्रो वा नराम्रो ! तर अहिले यो मुक्तकको मंच राम्रो कुरा सिक्ने पाठशाला नै भएको छ, राम्रो दृष्टिकोणा लिएर आउनेका लागि ! यसरी नै सिक्ने क्रममा अनि मुक्तकको यो मालामा मैले फेरि पनि अर्को एउटा थुँगा उनेको छु । धन्यवाद ! सुनेथे, मनको साथी सधैं मनै हुन्छ भनेर ठानेथे, मनको भाव सधैं मनैले बुझ्छ भनेर तर थाह थिएन सर्पले सर्प खाए खाए जस्तो एउटा मनले अर्को मन कटक्क खान्छ भनेर । शिव प्रकाश
Read Full Discussion Thread for this article