Posted by: ss7eleven June 6, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
CT, is that your poem, I have tried to insert breaks, LOOK how is it:
लघुताभाष - यो जो छ नि
यसले मान्छेलाइ पत्रु बनाउँछ ॥
न आफु लेख्न सक्छ,
न अरुले लेखेको पढ्न सक्छ,
जबरजस्ति २ - ४ लाइन पढीहाले नै पनि
न त्यसको अर्थ बुझ्न सक्छ ॥
अनि बर्बराउँछ - बिना प्रसंग
गधा र कुकुर भन्दै उफ्रिन थाल्छ ॥
साझा जस्तो मैदानमा
जताततै फोहर ओकल्दै
बिष्टाले नुहाउन मै मज्जा लिन्छ ॥
अरुलाइ गधा कुकुर भनीरहँदा
आफु नै
फोहरको रछ्यानमा रमाउने
सुँगुर बनेको बिर्सन्छ ॥
आफुले आफैलाइ बिद्वान ठान्छ,
तर मरिकाटे
कसैगरी पनि
बिद्वता प्रष्फुटन हुँदै हुँदैन ॥
न आफुले जानेको कुरा बताउन जान्दछ,
न अरुले जानेको कुरा सिक्न नै सक्छ,
बरु अल्लारे पारामा सहि
बर्बराउन बाहेक अरु केहि जान्दैन ॥
इर्ष्या लाग्छ अरुले लेखेको देखेर,
अरुले तारीफ बटुलेको देखेर,
ऐनामा हेर्छ आफैलाइ,
भित्रदेखि घृणा जाग्छ ॥
आफैप्रति -
अनि अरुलाइ
"न नेता बनिस न कवि बनिस"
भन्दै गर्छ खिसिट्यूरी ॥
बिनामतलबको
अट्टहास गर्छ चिच्याएर
एउटा पागल झै ॥
Rahulbhai, good job with ur poem