Posted by: vivasg June 6, 2007
परिचय ! एउटा नेपालीप्रती, एउटा नेपालीको ।।।
Login in to Rate this Post:     0       ?        
बुद्ध जन्मेको शान्त देशमा त आज पनि दीन दहाडै बम् र बारुद् पड्किन्छ रे, गरीब निमुखाको निर्दोश छातीमा अझै पनि समान्तको लात्तिको च्याटयाङ् चाडकिन्छ रे गामबेसिको कामले भ्याइ नभ्याइ गर्दा सधैं भर मेरी आमाको ढाडै कटक्क सड्किन्छ रे । राष्ट्रियताको बखान मैले यहाँ बाट जती गरे पनि त्यहा त बोल्ने को मुखमै गोली अड्किन्छ रे, धिक्कार छ आमा मलाई, टुङो लागेन मैले जती गरे पनि अब त एकपटक् फेरी जन् भावनाको ज्वाला भड्किन्छ रे ।
Read Full Discussion Thread for this article