Posted by: balbahadur June 5, 2007
Govinde Chor ko Thlo Swor
Login in to Rate this Post:     0       ?        
Govinde ko teachers ko taal nai yesto chha!!!!!!!Aba Govinde Chor hune bhayi halyo ni.... जेलबाट रहिा हुनासाथ विश्वेश्वरप्रसाद कोइरालाले भारत प्रवासबाट सशस्त्र सङ्घर्षको उद्घोष गरे । भूतपूर्व सैनिकहरूलाई सङ्गठित गर्दै जनमुक्ति सेना गठन गरयिो । म पनि सोही क्रान्तिमा होमिएको थिएँ । "केटा हो, सशस्त्र क्रान्तिका लागि हतियार चाहिन्छ । हतियार किन्न पैसा कसरी जुटाउने " गिरजिाप्रसाद कोइराला हामीसँग बारम्बार भनिरहन्थे । ब्याङ्क 'क्याप्चर' गर्ने कोसिस असफल भइसकेको थियो । नेपाल राष्ट्र ब्याङ्कका केही कर्मचारीमार्फत के थाहा लाग्यो भने विराटनगरबाट हरेक छ महिना बिराएर विमानमार्फत लाखौँ भारतीय रुपियाँ काठमाडौँ पुर्‍याइने रहेछ । 'मनी हाइज्याक' गर्ने निधो भयो । वसन्त भट्टराई, नगेन्द्र ढुङ्गेल र म सो 'मिसन' मा खटियौँ । २०३० असार २९ गते बिहान सवा ८ बजेको उडानमार्फत ३० लाख भारतीय रुपियाँ काठमाडौँ लैजान लागिएको सूचना पाइयो । माइतीघर चलचित्रका नायक सीपी लोहनी र नायिका माला सिन्हा सोही उडानमार्फत काठमाडौँ जाँदै थिए । हाम्रो आग्रहमा नायक/नायिकाले आफ्नो टिकट रद्द गरे । अनि, हामीले उनीहरूको टिकट लियौँ । नगेन्द्र विमानको मध्यभागको सीटमा बस्यो, रविल्भर देखाएर यात्रुलाई नियन्त्रणमा लिन । वसन्त र म ककपीटतर्फ गयौँ । म ककपीटभित्र छिरेँ । विमान उडेको १० मिनेटपछि तल कोसी नदी देखियो । मैले क्याप्टेन वैद्यको कञ्चटमा रभिल्भर राखेँ । सहचालकले मलाई समाते । "ए वसन्त भित्र आऊ त," मेरो आवाज सुनेर वसन्त भित्र छिर्‍यो । उसले सहचालकलाई पछि धकेल्यो । "ब्याङ्कको पैसा हासिल गर्न यो सब गरएिको हो, चुपचाप फारवीसगन्जतर्फ लैजानूस्," मैले क्याप्टेनलाई भनेँ । उनले विमान भारततर्फ मोडे । "वीरपुरबाट ढुङ्गा ढुवानी गर्ने एउटा रेलवे लाइन सोझै फारवीसगन्ज पुग्छ, रेलवे लाइन पत्ता लगाउनूस्," मैले भनेँ । आधा घण्टापछि रेलवे लाइन फेला पर्‍यो । क्याप्टेनले त्यसकै माथिमाथि जहाज उडाउन थाले । "एउटा ठूलो पोखरी र लगत्तै सिमलको रूख देखिन्छ, त्यही वरपर रातो झन्डा देखिनेछ," मैले यसो नभन्दै ती सबै दृश्य देखियो । गिरजिाबाबुले विनोद अर्याल र मनोहर िबराललाई रातो झन्डा बोकेर उभिन त्यहाँ खटाइसकेका रहेछन् । मैदान पनि देखियो । क्याप्टेनले झ्याप्पै विमान ओराले । माल राख्ने ठाउँमा १०/१० लाख भारतीय रुपियाँले भरएिका तीनवटा बक्सा थिए । पैसा लिएर हामी सोझै अररयिा भन्ने ठाउँमा गयौँ, जहाँ बीपी कोइराला पहिले नै पुगिसकेका थिए । त्यहाँबाट बङ्गालतर्फ लाग्यौँ, भागलपुरका भाइस चान्सलर देवेन्द्रप्रताप सिंहसँगै । बङ्गालको सीमामा पुग्दा हामी चढेको गाडी 'चेकिङ्' मा पर्‍यो । भारतीय सुरक्ष्ााकर्मीले भन्न थाले, "माल के हो साइड लगाऊ । " सबैको होसहवास उड्यो । तीनवटै बक्सा पछाडिपट्ट िथिए, जहाँ सुशील कोइराला बसेका थिए । उनले बक्सा फुटाएर पैसा झिकिसकेका रहेछन्, प्रहरीलाई घूस खुवाउन भनेर । मैले हत्तपत्त गाडीबाट उत्रिएर भनेँ, "ठीक छ भाइसाहब, चियापानीका लागि दुई-चार रुपियाँ दिउँला नि !" उसले अस्वीकारको मुन्टो हल्लाउँदै भन्यो, "त्यतिले हँुदैन, २० रुपियाँ लाग्छ ।" तत्काल २० रुपियाँ दिएर हामी रफुचक्कर भयौँ । दिउँसो २ बजेतिर सिक्किम पुगियो । १० लाख भारु रहेको एउटा बक्सा लिएर गिरजिाबाबु त्यसैदिन दार्जीलिङतिर लागे । पछि थाहा भो, गिरजिाबाबुले बीचबाटोमै बीएल शर्मा नामक ठेकेदारकहाँ लुकाएर राखेको छ लाख भारु प्रहरीले छापा मारेर जफत गरेछ । अर्को दिन हामी बीपीसँग पूणिर्या हुँदै पटना पुग्यौँ । त्यहाँ भाइस चान्सलर देवेन्द्रप्रताप सिंहकै घरमा बाँकी दुईवटा बक्सा लुकाइयो । त्यसपछि, सिताब तेहरास्थित भारतीय नेता जयप्रकाश नारायणको घरमा केही दिन बसेर बनारस हुँदै बम्बई पुग्यौँ र त्यहीँबाटै सबै छुट्टयिौँ । केही समयपछि प्रशस्तै राइफल, गि्रनेड र अन्य हतियारहरू नेपाल भित्रिए । साथमा कोइराला परविारका सदस्यहरूको अनुहारमा नयाँ चमक पनि देखिन थाल्यो । नेताहरू हामीलाई भन्ने गर्थे, "क्रान्तिकारीहरूले पढेर के हुन्छ र क्रान्तिमा पो लाग्नुपर्छ । " उता शेखर, सशाङ्क, सुजाता सबै भारतमै थिए । पैसा प्रशस्तै भएपछि उनीहरूलाई महँगा स्कुल/कलेजहरूमा पढाउने तरखर सुरु भयो । बीपी र गिरजिाबाबुको व्यक्तिगत गाडी त थियो नै, पछि नोना, प्रकाशलगायत अरू पनि नयाँनयाँ गाडी चढ्न थाले । व्यक्तिगत प्रयोजनका लागि घर किन्ने काम भयो । नेताहरूको बास रहने ठाउँहरूमा महँगा फ्ल्याटहरू भाडामा लिन थालियो, वनारस, दिल्लीदेखि पटनासम्म । "हामीले त्यत्रो जोखिम मोलेर क्रान्तिका लागि रकम जम्मा गर्‍यौँ, यसरी दुरूपयोग गर्न मिल्ला र " मैले सोझै बीपीसँग सोधेँ । उनले त उल्टै झर्किएर भने, "क्रान्तिमा यस्तो हुन्छ, तिमी अहिले मसँग यस्तो प्रश्न नगर ।" त्यसैताका ओखलढुङ्गामा हाम्रा धेरै साथी मारएि । त्यहाँ केन्द्रीय स्तरका कोही नेता उपस्थित थिएनन्, रसदपानी र पैसा पनि पुगेन । नेताहरू सुरक्षित आश्रयस्थलमा थिए । एकातिर नेताहरूको विलासी जीवन, अर्कोतिर साथीहरूको सहादत । "हामी त ज्यूज्यान छाडेर क्रान्तिमा होमिएका थियौँ, तपाईंहरूको यो के चाला हो पैसाको हिसाब खोइ " मैले यति भन्न सङ्कोच मानिनँ । काङ्ग्रेसमा बीपी र जीपीले पैसा खर्च गर्थे । त्यसको हिसाबकिताब माग्ने आँट कसैमा हुन्थेन । मेरो प्रश्न सुनेलगत्तै बीपीले ममाथि पार्टीगत कारबाही गरे । त्यसपछि नै हो मैले नेपाली काङ्ग्रेसको कोइराला परविारसँगको नाता तोडेको । प्रस्तुति : कुसुम भट्टराई
Read Full Discussion Thread for this article