Posted by: Poonte June 5, 2007
Login in to Rate this Post:
0
?
एउटा नाबालकको पहिचान उस्को मानवता हो,
जब बुझ्ने हुन्छन्, पहिचानको परिभाषा बढ्दो हो।
पहिले त आमा चिन्छन्, आमा कै पहिचान उस्को पनि बन्छ,
परिवार, समुदाय, समाज पछि मात्र राष्ट्र आउँछ।
राष्ट्रिय पहिचान त मानिसको भावनाको कुरो हो,
आत्मिय पहिचान नै सबभन्दा प्यारो हुँदो हो।
जब राष्ट्रले व्यक्तिको आत्मियताको कदर गर्दो हो,
तब मात्र व्यक्तिको राष्ट्रिय पहिचान प्रति आत्मियता बढ्दो हो।
काश! नेपालमा एकनासपन हुँदो हो,
बहु भाषिक, बहु साँस्कृतिक यथार्थ नहुँदो हो,
केहि नदिई केहि पाउने आशा नगर भो,
नेपाली भनेर चिन्याउन नेपालीपनपर्ति गर्वान्वित बनाओ।
"म" लाई स्वीकार, "म" लाई कदर गर,
प्रत्येक "म" लाई समान व्यवहार गर,
हरेक "म" मिलेर सामुहिक नेपाली त,
स्वभाविकै बन्नेछ, कस्ले पो रोक्न सक्छ र?
*** हुन त मेरो कवितात्मक प्रतिभा साह्रै कमजोर छ, तै पनि जसो तसो कविता कै शैलीमा जवाफ लेख्न मन लागेर मात्र।