Posted by: Birkhe_Maila June 4, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
"जमाना पइलाओ गन्थन सम्जना आओ के! हेरि यो चौतारिआँ म बुडो एउलै बस्या बस्यै छु!" “भन्ने बेलाँ चौतारी रे, कोइ अनमरिँदैन म बुडो आको बेलाँ!” “सपै शहर तिर लागे कि के हो?? के के रमैलो हुन्छ शहराँ, तेतै रमाईलो लागेको होलानि सपैलाई।“ “एउबाजी त शहराँ जानु पर्ने, दौराले धर्म छाड्ला जस्तो छ। इन्द्रचोकको हनुमान साउकाँ किनेको दौरा खासाको हुन्छ।“ “परार साल खासा जाँदा कम्ति दुख पाइएन…तातोपानी न्वाएर घुँडो दुखेओ ठिक हुन्छ भन्तो ग्वाँचे…. तेइभर गाको, कुकुरले नपा दुख पाओ यो बुडो ज्यानले।“ “बुडो त ज्यान मात्तै हो, मन त अझै तरुनो छ गाँठे! तरुनो बेला म नि साह्रै उरन्ठेउलो थेँ, कटरबोटे साईँलि संअ जिस्केओ हिजो जस्तो लाउछ। जिस्कने त बानि नै बसो, ऊ बेला ठिटा छँदा जति चाइन्जो जिस्को, उति मस्किन्थे- वल्लो गाम पल्लो गाम सपै ठामका तरुनिहरु।“ “पल्लो गामा कत्रो पैरो गाको पोहोर बर्खामा आम्मै नि!!!! सिउदेलको घर गोठ सपै सोतर भओ।“ “हाम्रा गोठाँ नि नया छानु लाउनु पर्ने, यो बर्खा धान्दैन नत्र। अस्ति ब्यान उठेर भैँसि दुहुन जाँदा भैसि त चुर्लुम्म भ’छ रातभरिको पानीले। जिम्माल्निलाई भकारो सोर्न आपत्।“ “भकारो नि हिजाज भनेओ जसरी फाल्न नपाइने रे, के जाती गोउर ग्याँसको खाल्डाँ हाल्नु पर्ने रे। गोउर ग्याँस मजाओ हो हुन त गाँठे!! ध्वाँ नि नआम्ने चुलोमा, फलैँचा मास्तिर शहराँ बलेओ जस्तो झिलिमिलि बत्ति बाल्न पाइने।“ “साँच्चि फलैँचाँ नि एसो बस्न खोजो कि चुइँ चुइँ कराम्छ। तेसका खुट्टा कमजोर भए जस्ता छन् फेर्नु पर्ने। म भन्दा जेठो फलैँचा हो भन्ते हाम्रा बा ले, मेरै खुट्टो झमझमि दुख्छ एसो बेशि ग’र आओ भने, अब एउ बर्खमा गोडा दुइसएक ज्यान चड्ने फलैँचाको खुट्टो किन न चुइँकोस।“ “दुई सए जन्ति थे गाँठे पल्लाघरे खटविरेको छोरिको ब्यामा! भतेरमा भात काच्चै भ’नि तेत्रो जन्तिलाई हसुर्न पुग्ने त पकाको हो मोराले।“ “भात त जिम्माल्निलेनि मिठो पकाम्छे, मासको कालो दाल फलामे ताप्केमा घोटि घोटि पकार जिम्मु झानेपछि, भात सँअ मुछेर खाँदा थालै कोपरूँ जस्तो मिठो!” “अचेल लेकबाट जिम्मु ले’र मकै सँअ साट्न थाक्सेहरु तेति झर्दैनन्। जिम्मु किन्न पनि शहरै जानु पर्ने कस्तो काल जमाना आओ गाँठे।“ “मकै नि तेति परेन यो बर्ख। रोप्ने बेलाँ पानी नपरेर बारि खलाँति जस्तो तातो भओ, पछि आकाशै खस्छ कि जस्तो गरेर पानी परो, कताटि मकै पर्नु। बल्ल तल्ल एउडा दुइटा उम्रेको बुटामा कोसा लाग्ने बेलाँ बाँदरले सपै खाइदिओ। अब त यी..ढोड पनि बाँकि छैनन्।“ “ढोड बालेर माघको जाडोमा बुडा बुडि बसेर आगो ताप्न नि ख्याल मजा हुँदैन गाँठे।“ “यो माघाँ नि जिम्मालनि सोस्तानीको बर्त बस्ने होलि फेरि! बाथले कुँजिने बेला हुँदानि माघको जाडोमा क्यार्न चिसो पानीमा चोपलिएर नुहाउँदै बर्त बस्नु पर्ने होला? यी आइमाईलाई कुरो बुझाउनु भनेओ मेरा बसमा छैनन् जस्तो छ।“ खै त? कोइ मरेन चौतारीमा? कता अन्मरिए सपै? लाग्नु परो आफ्नै गुँडतिर दुई चार सर्को तमाखु तान्नु परो, नाइटै देखुन तलतल लाओ” “खुईय”!!
Read Full Discussion Thread for this article