Posted by: sumedhu June 3, 2007
परिचय ! एउटा नेपालीप्रती, एउटा नेपालीको ।।।
Login in to Rate this Post:     0       ?        
हैन, हैन शिवप्रकाशजी पृथ्वी नारनले हाम्लाई जबर्जस्ति नेपाली बनाका हुन तेसो गर्नेहरू सबै वर्तमानका आँखामा लुटेरा र डाँका हुन हामी नेपाली थियौँ त्यो अतित हो अथवा भूत काल हो अहिलेको हाम्रो परिचय अलिकति स्वतन्त्रता र बेहाल हो। हेर्नुस हामी कि त तेह्रथुम र ताप्लेजुङमा बस्ने लिम्बु हौँ हैन भने भोजपुर, ओखलढुङ्गा र खोटाङ तिरका खम्बु हौँ बुझ्नै खोज्नु भो भने हामी काठमाण्डुका रैथाने नेवार हौँ वा लमजुङ , श्याङ्जा ,मनाङ वा पोखरा तिरका गुरुङ हौँ परिचयलाई अरू खोज्दा या त हामी भित्री मधेश का थारू हौँ हैन नै भन्नु हुन्छ भने थाक खोलका थकाली वा देलेखका नेपाली हौँ हामी यादव हौँ, कुर्मि, दराई, बोटे , लेप्चा, राजवंशी र कुसुण्डा हौँ बाहुन,क्षेत्री, गिरी, पुरी, दमाई ,कामी , कुमाल र धिमाल हौँ हामी कि त रोल्पा, पाल्पा , बाग्लुङ र म्याग्दि तिरका मगर हौँ त्यतिले पुगेन भने हामी कार्णाली, सेती र महाकालीका खस हौँ। शिवप्रकाशजी, तपाईँको त्यो पुरानो नेपालमा अहिले विचित्रको तमाशा चलेको छ त्यहाँ सबै ऊचित छ तर नेपालीपनको परिचयले हामीलाई छलेको छ मान्छेहरूले नाक, रौँ र पिँडुलामा मान्छेका परिचय खोज्न थालेका छन असहमत हुन सक्नुहुन्न तपाईँ, सहमतिका नया काइदा जो पालेका छन देश ,देश हुन भावनाको एकता जो चाहिन्थ्यो भन्थ्यौँ हामी धेरै पहिला भएका छन ती कुरा आदर्श, अतितका कन्था, पुराना र घीन लाग्दा मइला मान्छेको परिचयमा जात ,भाषा, काठ र भेगका नौला मापदण्ड छाएका छन हे्र्नुस त चालीस वर्षपछि, मधेश झरेका माइलाबा पहाड फर्केर यतै बस्न आका छन।।।
Read Full Discussion Thread for this article