Posted by: Nepe May 29, 2007
Check out Pradeep Paudel
Login in to Rate this Post:     0       ?        
BathroomCoffee,

You are helping me with your service of free advertisment. Thanks.

**************** *****************

गौतमजी,

मेरा केहि असंगठित विचारहरु बाँड्दैछु ।

ने. का. को कनिष्ट नेतृत्व र कार्यकर्ताको हकमा गणतन्त्रको पल्ला भारी भएको तथ्य धेरै पहिले (३-४ वर्ष अघि नै) प्रकाशमा आएको हो । शायद 2003 मा हो क्यारे, ने. का. को जिल्ला सभापतिहरुको भेला भएको थियो (केहि समय अघि भए जस्तै) र यसमा गणतन्त्रको बहुमत देखिएको थियो ।

2005 मा भएको ने. का. को पछिल्लो महाधिवेशनमा पनि, सभापति पदमा कोईरालाले गणतन्त्रवादी प्रत्यासी नरहरि आचार्यलाई अत्यधिक मतले पराजित गरे पनि, रमाईलो कुरा के थियो भने लगभग शतप्रतिशत प्रतिनिधीहरु वैचारिक रुपले गणतन्त्रको पक्षमा थिए रे । स्पष्टै छ, उनिहरुले कोईरालाको राजनैतिक विचारलाई होईन सत्तामा उनको पकड र प्रभावलाई हेरेर उनलाई चुनेका थिए ।

भर्खरै आयोजित जिल्ला सभापतिको भेलामा पनि 75 सभापतिहरु मध्ये 71 जना गणतन्त्रको पक्षमा र 4 जना मात्र कर्मकाण्डी राजतन्त्रको पक्षमा थिए ।

यसबाट के स्पष्ट हुन्छ भने कोईराला बहुमतको कदर नगर्ने तानाशाह हुन् र कार्यकर्ताहरु पनि त्यस तानाशाहीलाई चुनौती दिन नसक्ने नपुंसक वा अवसरवादीहरु हुन् ।

यस सिमितताको वावजुद ने. का. को कुनै पनि अंग वा स्थानबाट गणतन्त्रको पक्षमा सुनिने आवाजले गणतन्त्रलाई मजबुत बनाउने कुरामा भने कुनै सन्देह नि:सन्देह छैन ।

जहासम्म ने. का. को मध्यमार्गको कुरा छ यसमा माथिको यथार्थलाई अर्थात् ने. का. टाउको एकातिर हिड्न चाहने जिउ अर्कोतिर हिड्न खोज्ने अजिबको जन्तु भएको यथार्थलाई बिर्सनु हुँदैन ।

अनि जहासम्म ने. का. को अस्तित्व र नेपाली राजनीतिमा यसको सन्तुलन भूमिकाको कुरा छ, ने. का. ले जतिसुकै त्रुटीपूर्ण राजनैतिक निर्णयहरु गरे पनि यसको अस्तित्व कायम रहिरहने छ । त्रुटी अनुसार चुनावमा कम भोट आउला तर त्यसले ने. का. को अस्तित्व नै हराउने भने होईन । कांग्रेसी कार्यकर्ताहरु अरु दलमा प्रवेश गर्ने अवस्था आउने देख्दिन ।

अर्को कुरा, अहिलेको बदलिएको राजनैतिक समिकरणमा मध्यमार्ग ने. का. को व्यापारिक संज्ञा (brand) मात्र हुन पुगेको छ । पूर्वपञ्चहरुको दलहरु पनि ने. का. जत्तिकै "मध्यमार्गी" भईसकेका छन् ।

त्यसकारण कुनै अकल्पनिय तरीकाले ने. का. को अस्तित्व मेटिएछ भने पनि "मध्यमार्ग" को रिक्तता भर्ने शक्ति उपस्थित हुनेछ वा अहिले नै छ भन्दा हुन्छ ।

अनि माओवादीहरुको एकदलिय गणतन्त्र स्थापना गर्ने काल्पनिक वा यथार्थ सम्भावनाको बारेमा चाही तपाईले भने जस्तै अन्तरराष्ट्रिय प्रतिकुलता त छदैछ तर सबभन्दा ठूलो चाही राष्ट्रिय प्रतिकूलता हो । माओवादीहरुको एकदलिय गणतन्त्र कुनै अकल्पनिय तरिकाले स्थापना भएछ भने पनि त्यो एक घण्टा पनि टिक्ने छैन । नेपाली जनता जनआन्दोलन-२ को भन्दा पनि ठूलो समुह र वेगमा अरिंगालको गोलोले झै माओवादीमाथी जाईलागेर तिनीहरुलाई सत्ताच्युत गरिदिनेछन् ।

तर शायद सबभन्दा ठूलो सुरक्षा त के हो भने यदाकदा पुरानो जन-गणतन्त्र शब्द सुनिए पनि माओवादीहरुले शास्त्रिय साम्यवादलाई परिमार्जन गर्ने क्रममा (उनिहरुको नयाँ थेसिस "एक्काइसौं शताब्दीको जनवाद" मा) बहुलवाद र प्रतिस्पर्धात्मक निर्वाचनलाई सैद्धान्तिक रुपमै अंगिकार गरिसकेका छन् । त्यसमा नेपालको धरातलिय यथार्थ (लोकतन्त्रले पाएको जनस्वीकृती र प्रतिवद्धता ) जोड्ने हो भने नेपालको लोकतन्त्रलाई माओवादीबाट हुने संभावित खतरा भनेको ने. का. बाट हुने संभावित खतरा (हाईपोथटिकल्ली, कोईराला परिवारको जहानियाँ शासन) भन्दा बेसी छैन भन्ने लाग्छ मलाई ।

Nepe
Read Full Discussion Thread for this article