Posted by: nepal_rocker May 26, 2007
गगन अस्पताल भर्ना
Login in to Rate this Post:     0       ?        
नेपाल विद्यार्थि संघको अध्यक्षको रुपमा प्रदिप पौडेल पार्टीको यथास्थीतिवादीहरुको शड्यन्त्र चिर्दै अध्यक्षमा निर्वाचित भएको सुखद खवर छ । अनी पौडेलका सर्मथक गगन थापा भने विरामी भएर अस्पताल भर्ना भएको दुखद समाचार पनि छ । पौडेल ८ सय ३० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी बिकास कोइरालाले ४ सय ३ मत प्राप्त गरेर दोस्रो स्थान पाएका छन् । वद्री पाण्डेको भने विजोग भएको छ । टिके तदर्थ समितिका महामन्त्री रहेका उनले केवल १ सय ७९ मत प्राप्त गरेका छन् । निर्वाचनमा पांच विकास क्षेत्रका १ हजार ६ सय ११ प्रतिनिधिहरु मध्ये १ हजार ५ सय ४० जनाले मतदान मा भाग लिएका थिए । निर्वाचन परिणाम अनुसार मध्२यमााचलवाट १५ वजाप्रतिनिधी मध्ये भुपेन्द्र जंग शाही दिपक भन्डारी एक नारायण भुसाल खड्ग डागीं विजयी भएका छन् । सुदुरपश्चिमााचलका लागि वीर वहादुर विष्ट गोपी प्रसाद उपाध्यय विष्णुदत्त जोसी विजयी भएका छन् । http://hamroblog.com/
Read Full Discussion Thread for this article