Posted by: Birkhe_Maila May 25, 2007
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
चंकि श्रेष्ठ-

एउटा निभे पनि फेरी अर्को दियो बालेको छु
साँच्चै ठान जिन्दगीको युद्ध मैले थालेको छु

दु:ख अझै बढेको छ हिजोभन्दा पनि आज
हतियार बनाएर दु:खलाई पालेको छु

उपस्थित छ मेरोसामु कर्तब्यको बुकुरो यो
तिम्रो लागि आफैँलाई मैले यहाँ ढालेको छु

अयोध्यामै फेरि पनि सीता हरण भएपछि
आफूभित्र हुर्किएको रामलाई फालेको छु

युगदेखि हराएको जिन्दगीको सत्य खोज्न
’उदास’को पछिपछि फेरि पाइला चालेको छु ।

www.tanneri.com
Read Full Discussion Thread for this article