Posted by: sprakashp May 22, 2007
मुक्तकको पालो
Login in to Rate this Post:     0       ?        
मित्रहरु, नमस्कार ! अस्ति साथीहरुले धेरै मुक्तकहरुको माला उन्नु भएछ । वेफूर्सदका कारणले हेर्न पाइन । कसैले भनेपछि पो थाह भयो । अनि धत्तेरिका भन्नु बाहेक केही भएन ! जे होस् आज यो सानो एउटा यहाँ राखेको छु आशा छ, मनपराइदिनु हुनेछ। धन्यवाद मुक्तक माग शिव प्रकाश (हरैंचा/मोरङ) हे परमेश्वर ! तिमीसँग कतिले के के मात्र माग होला, कसैले धन मागे होला, कसैले कसैको मन मागे होला, आज म पनि केही माग्दैछु र तिमीसँग बाँकी भए के म मेरो देशको लागि अलिकति शान्ति पाउँछु होला ! हाल - बोष्टन/अमेरिका
Read Full Discussion Thread for this article