Posted by: Gautam B. May 21, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
गाममा नया कम्पाउण्डर आ'छ रे भनेर निकै हल्लाखल्ला छ। गाममा रोगी, बूडा, घाइते, लूला बढिरा' बेलाँ देउतै आएजस्तो भ! हाम्रा गाममा डाउडर-कम्पाउण्डर धेरै बस्नै मान्दैनन् किन होला? पहिला चौतारीको सत्तेजुगमा नेउपाने डाउडर थे', घाँसपात-कन्दमूल कुटेर बनाका ओखती खुब बाड्दै हिन्थे। त्यो बेलाँ सप्पै गाम्लेहरु कस्ता निरोगी थे, अरु त अरु, जिम्मालको समेत दम बन्द भ'थ्यो। पछि गएँ है पनि नभनिकन नेउपाने डाउडर बेपत्ता भए। अस्ति माघ-फागुन तिर डाउडर्नी आ'की थिन्। तिनीचाहिँ विकासे डाउडर रे, कता विदेशतिर पढेकी! ओखती त तिनका पनि गज्जब हुन्थे, रोगजति च्वाट्टै निको हुने गाँठे तिनले दे'का ओखतीले! राहू बूडाको मक्किसक्या घूँडो समेत कस्तो बलियो भ'र आ'को तिनले दे'को मलम दलेसी'। तर जति ओखती गरे'नी पून्डे बूडाको तालुमा वृछ्छेरोपन भने सफल भ'को हैन! गाममा अउरेशन गर्ने सुविधा पनि छैन भनेर गनगन गरिरन्थिन् सधैं ती डाउडर्नी। एकदिन म शहरा'ट अउरेशनको सामान ले'र आम्छु भनेर हिनेकी, हिन्या-हिन्यै भईन्! चौतारीका सबैले भटाभट बिहे गरिरा' छन्, कतै तिनले पनि बिहे त गरिनन्! अब आउन्नन् होला तीनी गाममा, के आम्थिन्! यी मदनवा कम्पाउण्डर पनि कतिञ्जेल बस्नी हुन? यीनलाई त अलि बढी तलप दे'र भा'नि गाममा राख्नै पर्छ!
Read Full Discussion Thread for this article