Posted by: Rahuldai May 21, 2007
Newar Society
Login in to Rate this Post:     0       ?        
"Newars are supposed to be Nepal’s early settlers, according to one theory even lending their name to the country. They form not a caste, but a complex community" माथिका पंक्ति र मैले बुझेको नेवा समाज एउटै हुनु संयोग मात्र होइन। वास्तबिकता त्यहि हो। नेवार कुनै जाति बिषेश होइन। जसरि नेपाल मा बस्ने लाई नेपाली भनेर चिनिन्छ, तत्कालीन नेपाल अर्थात नेपा देश ( उपत्यका) मा बस्ने नेवा हुन्। अझ सरल भाषामा भन्नु पर्दा नेपाली भाषा बोल्ने नेपाली भने जस्तै नेपाल भाषा अर्थात नेवा भाषि नेवार् हुन गएको हो। त्यसैले कुनै थर वा जाति बिषेशलाई नेवार् भन्नु गलत हुन्छ। जसरि नेपाली भाषा बोल्नेहरुमा ब्राम्हण क्षेत्री बैश्य शुद्र भने जस्तै जाती बिभाजन जयस्थिति मल्ल पछि बर्णबिन्यास भएको देखिन्छ। त्यतिबेला पनि ब्राम्हण क्षेत्री बैश्य शुद्र थिए, तिनले त्यति बेला बोलिने भाषा बोल्दै आए। अझै पनि तिनका आजका पुस्ताले नेवारि बोल्दै आएका छन्। झा, राजौपाध्याय, कर्मचार्य, मिश्र, ब्राम्हण नै हुन। अझ राजकर्णिकार ( हलुवाइ) भारतको केरला बाट् राजा शिद्धिनरसिंह मल्ल को पालामा झिकाएका भारतबर्षका सबै भन्दा कर्म ले शुद्ध ब्राम्हण हुन्( हेर्नुस्, घनश्याम राजकर्णिकार् द्वारा लिखित, राजकर्णिकारको बंशाबली)। यक्षमल्ल अरिमल्ल को पालामा नेपाल भित्रिएका मुशलमानहरु को पनि भाषा नेपाल भाषा नै भए । क्षेत्रपाटि, इन्द्रचोक र बागबजारका रैथाने मुशलमानहरुको मात्री भाषा नै नेवारि हुन् गए। सिनेकलाकार् तैयब शाह्, च्यानल नेपाल स्पेशटाइम नेटवर्कका जमिम शाहको पहिलो भाषा नेवारि नै हुन्। त्यसैले नेवार् भनेर फलानोफलानो जात र थर का मात्र हुन् र अरु सङ सरोकार छैन भन्नु संकुचित मानसिकताको प्रतिक मात्र हो। अनि भाषाको नाम मा राजनीति गर्नेहरुको कथित परिभाषा मात्र हो। त्यसैले नेवा सम्मेलन हुन्छ भने श्रेष्ठ, शाक्य, तुलाधर, बैद्य, महर्जन, डंगोल, अंात्य, ताम्रकार्, सुवाल्, द्योला, खड्गि, ब्ज्राचार्य, प्रधान, मास्के धाख्वा, राजकर्णिकार, रंजितकार, चित्रकार्, कारंजित, सुल्प्या जोशि, न्याछ्यों, न्याइच्याइ, पाछै, वासुकला, खयरगुली, कसजु, माकजु, ह्योजु, भुजु, खर्बुजा, ह्याउंमिखा, किसिजु, चखुं आदि इत्यादि लाई मात्र स्वागत गरिएको हुदैनन्। बिनोद् चौधरि लाई पनि स्वागत् हो, शकिल अहमदलाई पनि आमन्त्रण गरिएको हो, निर् शाह, हरिबंश आचर्य, शुभद्राधिकारिलाई पनि स्वागत् गरिएको हुन्छ। त्यति मात्र कहँ हो र, सिल्भा लेभि लगायत नेपाल भाषाका ज्ञाता र अध्ययता र अभिरुचि राख्ने हरकोइलाई स्वागत गरिएको हुन्छ। कुनै जाति वा थर लाई बन्देज गरिएको हुदैन। केवल तिनीहरुको लागि यस्तो सम्मेलन मा भाग लिन निषेध गरिएको छ, जस्ले जाति बिभाजनको राजनीति गर्छ र जातीभेदको अहं पालेको हुन्छ। चाहे त्यो पद्म रत्न हुन वा गोरे खपाङ्गि वा उपेन्द्र यादब हुन् वा योगि नरहरि नाथ हुन्,वा, मल्ल के सुन्दर् हुन् , तिनको लागि यस्तो मन्च कदापि हुनु हुन्न। सबैलाई चेतना भया।
Read Full Discussion Thread for this article