Posted by: Gautam B. May 20, 2007
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
'हिमाल'को "चिठी'मा छापिएको यो गजलले मन छोयो। के हुँदैछ??? गरिबको नाङ्गो आङ टाल्ने कुरा के हुँदैछ? हिजोआज नयाँ नेपाल थाल्ने कुरा के हुँदैछ? कुरा अलि बढी सुन्छु काम भने कम भा' देख्छु! एकता र शान्तिको दीप बाल्ने कुरो के हुँदैछ? जनताहरू मन नबुझे सडक आउन तयार छन्, त्यो हिजोको प्रजातन्त्र गाल्ने कुरा के हुँदैछ? आफैँभित्र अल्झेका छन् जनताका प्रतिनिधि अझैसम्म अर्को कदम चाल्ने कुरा के हुँदैछ? के लोकतन्त्र भनुँ यसलाई जे हिजो थ्यो, त्यही आज छ सामन्तवाद, निरङ्कुशता ढाल्ने कुरा के हुँदैछ? अहिले गाउँ मुसाहरूको बिग्बिगीले त्रस्त छ, दूध नचोर्ने घरबिरालो पाल्ने कुरा के हुँदैछ? सडकका चर्का नारा सदनमा फेरिन्छन् कि! साँच्चै अचेल राजतन्त्र फाल्ने कुरा के हुँदैछ? प्रेम पौडेल काँडेचौर ब्यारेक, दैलेख
Read Full Discussion Thread for this article