Posted by: shirish May 19, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
बिर्खे - धन्यबाद केहि अरु परिमार्जन गर्न खोजेको छु - नीलो हरफ मैले खुसुक्क ईमेल गर्या छु - बांकी जस्ताको तस्तै टांसी दिएको छु - चहारि हिडेका चौकी आफ्नै लाग्छ जहिंतहिं भेट्ने चोर-डांका साख्खै लाग्छ ! आफ्नो गोजीमा अरुका हात भेटीए चोराउन फुटी कौडी नहुदा लाजै लाग्छ ! चेतना अपहरण भएको स्वीकारें - भाषण र भीषण कुरा पत्यारै लाग्छ ! परिस्थीतिले पत्थर पारेको मन पीडा र असीम माया एउटै लाग्छ ! दांत नहुनुको कमी महसुस गर्दैछु - पातै खान दिदा पनि डांठै लाग्छ ! रङ्गीन दूनियाको चाहना त गरियो चाल ढाल नमिल्दा गाईजात्रै लाग्छ ! दूनिया रङ्गीन छ भन्ने सुन्छु धेरै मै अन्धो हुन पर्छ र सबै कालै लाग्छ ! सडक सफा गर्न आंसुले कहां भयो ? पहिले धूलो लाग्थ्यो अब हिलै लाग्छ ! यो बांकी सबै खेस्रा --- थुनिदा खेरिका चौकी आफ्नै लाग्छ ! भेटे जति चोर डांका साख्खै लाग्छ ! मैले ठोकुबा गर्न नसकेर हो कि ? मेरो चेतनाको बेईज्जत नगर अरु भीषण कुरा त भाषणका जातै लाग्छ ! बगलीमा अरुका हात छाम्दा पनि सम्झौता गर्ने बानीले गर्दा ठीकै लाग्छ ! खिएका दांतले खानु पनि कथै लाग्छ भात चपाउदा बालुवा जस्तै लाग्छ खान पाउछु भ भात खानु अचेल कथै लाग्छ कथै लाग्छ नसके नजाने पछि कस्को के लाग्छ सेता कालै लाग्छ उल्टै लाग्छ निक्कै लाग्छ फिक्कै दिक्कै ठिक्कै ढिक्कै नजिक्कै नाङ्गै सम्झौता गर्ने बानी प-यो धेरै भाग्यले ठग्दा पनि ठिकै लाग्छ सम्झौता धेरै गरियो क्यारे नहुनु पर्ने हुंदा नि ठिकै लाग्छ !
Read Full Discussion Thread for this article