Posted by: pops May 18, 2007
Ministers attend WANTED's party
Login in to Rate this Post:     0       ?        
प्रहरीले पक्राउ गर्न खोजेको ब्यक्तिले अयोजना गरेको भोज कार्यक्रममा मुलुकक नेताहरु देखि सुरक्षा निकायका प्रमुख हरु पनि सामेल भएछन।नेताहरुको यस्तै साथले गर्दा भ्रस्टचारी, ठगहरु, अपराधिहरुले खुलेआम आफ्नो धन्दा गर्ने शाहस गरेकाहुन। बाहिर जनताको मन जित्न भ्रामक भासन दिने अनि बेलुकि बसेर तिनै जनताका शत्रुहरुसित साठगाठ गर्ने नेताहरु बात अब के आशा गर्ने। बाहिर गणतन्त्रको ठुलाठुला गफ गर्ने तर ब्यवहारमा तिनै राजतन्त्रका हिमायति सङग मित्रता बढाउने। बाहिर भ्रस्टाचारको कुर्लेर बिरोध गर्ने तर ब्यवहारमा तिनै भ्रस्टाचारी सित अङगालो हालेर हिड्ने अनि उनिहरुले दिएको सुबिधा उपयोग गर्ने। पक्राउ गर्ने प्रहरीले ठेगना अस्पष्ठ भएको भनेछन। तेति ठुलो भोज हुदा पनि थाहा नपाउने प्रहरीले अरु के पो थाहा पाउला? कुरो तेस्तो नभै नेताहरुको साथ नै हो भन्न सकिन्छ। ग्रिह मन्त्रिको सुरक्षाको लागि पहिलेनै पुगेका प्रहरीले सो कार्यक्रमको आयोजक थाहा नपाउने कुरै हुदैनथ्यो। बरिश्ठ नेताहरु अनि आफ्ना हाकिम पनि भएको भोज बाट कसरी सिताराम प्रसाई लाई पक्राउ गर्न सक्थ्यो प्रहरीले? बरु पक्राउ नगर्ने आदेश छ भनेछन त्यो चाहि साचो हो भन्न सकिन्छ। पक्राउ गर्न खोजिएका ब्यक्तिलाई पक्राउ गर्न नभै उनि अनि उनको आमन्त्रणमा आएका पाउनाको सुरक्षाको लागि प्रहरी तैनाथ गरिएछ। यो भन्दा लाजमर्दो अरु केहि हुन सक्क्ष? ऐन भनेको साना गरिब लाई मात्रै हो भन्ने कुरा यस्ले पनि पुस्टि गर्छ। सानालाई ऐन-ठुलालाई चैन भन्ने उखानै छ। आर्थिक अनियमितता अनि भ्रस्टाचार गर्नेलाई सामजिक सम्मान दिने हो भने कसरी समाजबाट भ्रस्टाचार घट्न सक्छ? भ्रस्टाचारीलाई त सामाजिक रुपमा बहिस्कार गर्नु पर्छ। तेहाजाने नेता, अन्य ठुला ठालुले भन्लान हामित सिताराम को नभै उन्को छोराको बिहेमा पो गएका हौ। अनि भन्लान यो ब्यक्तिगत मामिला हो। यो सबै बहाना मात्रै हो। खास कुरोत उनिहरुको पनि भ्रस्टाचारि सित सङलग्नता छ र इनैको सहयोगबाट भ्रस्टाचार मौलाइ रहेको च। अनित भ्रस्टाचारिले सानका साथ घुमिरहेका छन।अनि समाजमा उनिहरुकै मान सम्मान बढी छ।
Read Full Discussion Thread for this article