Posted by: chipledhunga May 16, 2007
Dolalghatko Machhaa
Login in to Rate this Post:     0       ?        
मैले साझा प्रवेश गरेका शुरुका दिनहरुमा यो संस्मरण लेखेको थिएँ। आज झण्डै साढे चार बर्षपाछि यसलाई पुन: प्रस्तुत् गर्दैछु। बिशेषत: नेपाली र अङ्ग्रेजी मिसाइ लेख्ने आफ्नो पुरानै शैलीलाई कायम राखेको छु। नेपाली शब्दहरुलाइ unicodeमा रुपान्तरण गर्नु बाहेक अरु कुनै परिवर्तन गरिएको छैन। यहाँ आएदेखि सबैभन्दा पहिला १९९५ को गर्मीको छुट्टिमा म नेपाल गएको थिएँ, त्यो पनि ३ महिना लामो छुट्टीमा। साथीहरु कोही जागिरे, कोही पढ्दै, कोही बिदेशिएका। खास गरी weekdays को दिउँसो त आफू एक्लै पर्ने, बोर नै हुन्थ्यो। यसो मनमा लाग्यो, अरुले मलेखुको माछा खाएको भनी सुनाउँथे। तर आफूले त आफ्नै आखाले जनकपुरको नाइट बसबाट राति माछा झारेर त्यसैलाई त्रिशुलीको माछा भनेर दिउँसो बेच्ने गरेको। I was pretty sure that was not the case of Dolalghat. So I set my mind for the day: दोलालघाट गएर ताजा माछा र बियर खाएर फर्किने। बिहानको त्यस्तै ९ बजेको थियो होला, my parents had just left for work. घरमा थाहा पाउन पनि भएन। एक जना साथी आउला कि भनेर फोन गरेको, मोरो घरमा थिएन। ल जा त एक्लै भए नि जान्छु भनेर घरबाट निस्कें। अनि एउटा मिटर टेम्पो चढेर बस पार्क गएँ। त्यो मोराले मिटर पनि कति tamper गर्न सकेको होला। एक छिन smoothly अगाडि बढे पनि खित्रिक्क पैसा चढ्ने, जोल्टीन खाए पनि खित्रिक्क चाढ्ने, ब्रेक हाने पनि चढ्ने, दाँया बाँया जता मोडाए नि चढ्ने। के किचकिच गर्नु भनेर मनमनै "ल घिच् मोरा" भन्दै पैसा तिरेर ओर्लिएँ। For the same distance, I must have overpaid at least Rs 20. त्यसपछि समाउनु पर्यो बार्हबिसे जाने बस। थोत्रो बस थियो, सिट पनि 3*3 configurationमा। पहिला त त्यस्तैमा कति यात्रा गरेको हो, अहिले त बस्नै अप्ठेरो। अचेल म सोच्छु के, in the western world, प्लेनमा economy class syndrome (DVT)को कत्रो issue भैरहेको छ। जिरी, which is about 10 hours or so away from काठमाडौं, जाने बसको पनि त्यस्तै सिट छ। I could only hope that buses with "2*2 folding seats" would be introduced on that route soon. खलासीले शिकागो बुल्सको Tshirt लगएको थियो। ढोकाबाट कराउँदैथियो "बारबिसे दोलालघाट।" Surprisingly, the bus left with quite a few unoccupied seats including the two beside mine. भद्रकाली छेउबाट बिस्तारै सिंहदरबार, माइतीघर हुँदै बानेश्वरको चोक नपुगुन्जेल बस ट्राफिकमा परेर अलिकति स्लो भो वा रोकियो कि कराइहल्थ्यो मोरो "ल बार्हबिसे दोलालघाट।" यात्रु चाँही खासै पाएन। त्यसपछि चाँही अलि कराउन कम गर्‍यो। I was wondering all the time, why isn't he saying "Dolalghat Barabise" instead, since Dolalghat is on the way to Barabise and Barabise is the final destination of the bus. जुन ठाउँ पहिला आउँछ त्यसैको नाम पहिला भन्नु पर्ने होइन र जस्तो लाग्यो। एउटा बुढो बुढो मान्छे चुरोट खाँदै चढ्यो सल्लाघारीमा। सिट खाली हो भनेर सोध्यो, I said "खाली हो तर बस्ने भए पहिला चुरोट फाल्नुहोस्।" Thankfully he complied. बसको भुइंमै चुरोट निभाएर put it in his soiled white shirt को खल्ती, अनि मेरो छेउको सिटमा बस्यो। सूर्यविनायकतिर पुग्दा conductor म कहाँ भाडा उठाउन आयो। Just for the fun of it, I thought about showing my US college id for a student discount. यसो ओल्टाइ पोल्टाइ गरी दुई चार चोटि हेरेर छुट त दियो बिचराले। जगातेबाट नलीनचोक हुँदै उकालो लागियो साँगातिर। उपत्यकाको रमाइलो द्रिष्य देखियो, अनि बाटोको तलतिर धानको ब्याड र झिङ्गटीको छाना भएका घरहरु। अनि भञ्ज्याङ्को तलतिर एउटा पुरानो मन्दिर, माथि पट्टिको बाक्लो नेवार बस्ती पनि देखियो। त्यसको एकै छिनमा बनेपा पुगियो। क्रमश:
Read Full Discussion Thread for this article