Posted by: Poonte May 16, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
"सहरै जाम्ला नि, धन कमाई ल्याम्ला नि, ललउरी बिलाउरी" गीत गाम्दै सुटुक्क बसाँ चढेर लागिम् मु नि सहर तिर। ठुल्बुईनीले बिहेआँ सुन कै तक्मा मागेकी छिन् के रे, धोबिनीलै नि नयाँ पेटिकोट हाल्दिन पर्नि, रेस्टुराँ तिर जे भएनि काम अरेर दुई चार रुप्पे ले'र आम भुनेर, गाम्लेहुरले था' पाए त लाजै हुनि, तेसैले सुटुक्क सखारै घाम नउदाउंदै निस्किम्। "स्याङ्जा जरेसि, क-‍कस्ले देख्छ र बसाँ चढेसि"। मुन्छेको घुईंचो देखेर सातो गो सुरुआँ त। ओर्लन के ला'को थिम्, "ममफुली ममफुली!" अर्दै एउटो आओ। के र'च भुनेर हेरेको, बदाम बेच्नि देसि र'च। बाटाआ भरि केई नि खा'को थिनम्, वाक् आउला भुनेर, अनि अब त तो के जाति ममफुली भ'नि खाम् भुनेर अघि बडेथेम्, तेस्सिम्याऽऽऽऽऽऽऽ ठ्यास्नि, कुम्ले पो र'च! "कुमलवा कि ममफुली अच्छा! ताजा ताजा! मानाको हुजुर, मत्र पाँच रुप्पे, आठ आना!" रे! झन् गाम्लेहुर कोसैले नि था'नपाओस् भुनेर निस्केको, बसाऽट ओर्लन नपाम्दै देखिन पर्नि एउटो गाम्ले? म त बस के सिट पछाडि लुकिम्। खलाँसिले, "क्यार्न बसि रा' हो, बुढा? यो बस त अब भोलि नभै फर्कन्न। तै नि भारा नतिरि लैजान्नम्" भुनेर लखेटेसि निस्किम्। "मुमफली" सुनो कि पर पर भाग्दै थिम्, के को हो हल्ला मच्चि रा' र'च त नि उता तिर। रमईलो न हो, सहराँ, भुनेर हेर्न गईम्। बषेमानको फोटाँ हांरी मुन्नि को पो तस्बीर, गाँठे! को अर्के देसि केटो संग मस्कि रा'को फोटा। देसिसंगै पोईला ग'कि त होईनन्? जस्तो नि लाओ। उता सानो झ्याल नेर मुन्छे माथि मुन्छे थोपरि र'का। एउटो आओ मै तिर, अनि भन्छ, " ३० को ५०, ३० को ५०, ल बुढा, तिम्रो गामतिर हेर्न पाउन्नौ, आजै हेरि हाल, ३० को ५०!" उसैसंग कुरो बुझेको, फिलम चलेको र'छ। फिलम को नाउँ "मुन्नी बहन यम् बि बि यस्" रे! ए रात्तै! हाँरो गाम्की मुन्नीले नि फिलम सिलमआँ खेल्न थालिछे? हर्न त मुन थियो के रे, काँर ल्याम्नि हो तो ५० रुप्पे? जिन्दगीआँ दसको नोट भन्दा माथि देखे भे मरिजाम्। ५० पु-याम्न त ५ जुनि लाउँच हाम्लाई। अन्खेरुन्, ट्वाच परेर निच्च दाँत देकाएसि तो मुन्छे पाखा लाओ, "धत्! पातकी बुढो! पैसो ओकल्न नसक्नि भे अर्काऽ ट्याम् बर्बाद अर्न क्यार्न हल्लि र'को फिलिम हल वरि परि? छ भने निकाल के रे, हैन भने जाऊ तिम्रो ठेला ठेल्न, थुईक्क! यो गामको पाखेहुरले हैरान अरे। सहर आ'र हाँरो कन्चेट तताम्छन्!" रे! होला त नि, दुई चार पैसो कमाम् भुनेर आ'को, क्यार्न तमासा हेरेर बसेको होला मु नि जस्तो लाओ, र बाटो लाग्न मत्र के ला'थिम्...नारायन, परभू, कैलासपति महादेव, दख्खिनकाली, भद्रकाली, महाकाली, अऊंरिकाको हब्सिनी काली! गाम्लेहुर सहर तिर छ्याप छ्याप्ति देका पर्नि! भागुम्, कता भागुम्? तेईं बसुम्, सारा गामले था'पाम्नि भए यो पुन्टे बुढा सुटुक्क सहर पसेका भुनेर। बिर्खे, हरि, नेउचे, आँखा कै सामु! दौराले मुख छोपिम् र ठिङ्रिङ्ग उभिम्। दौराले त मुख छोपियो, तर हाँरो नाईटो निरै बडेमानको कोठी! हरि बज्जेले चिनि हाल्यो! "ए, केटा हो! त्याँ हेर त! पुन्टे बुढाको जस्तै नाईटा नेर तेत्रो कोठी" भुनेर करायो। "हो! हो! परार साल उनको ससुरालीले देको मयल पोस हो त्यो! पुन्टे बुढा नै हुन्!" नेउचेले थप्दे तीनै जना मै तिर लम्के। क्यार्नि, क्यार्नि भो? फनक्क फर्किम्, मुख अझै छोप्दै। "ए बुढा! किन डराम्छौ हाम्संग? के को लाज हो?" भुन्दै बिर्खेले टोपी खोस्द्यो। तीनै जना मरि मरि हाँस्दै, "ए, बुढा! तिम्रो तालु चिन्दैनम् र हामी? भो, भो! स्वाङ् नपार!" हरि हो कि नेउचेले त हाताँ थु थु अरेर तालु मै प्याट्ट पड्काए!" झनक्क रिस उठ्यो, अनि त, "तेस्सिम्याऽऽऽऽऽऽ बज्जे हो! तमेरुको बाऊको तालू सम्जै छौ कि के हो अर्काऽ तालुआँ तेस्तरी बजाम्नि?" भुनेर गर्धनै अँठ्याम्न गईम हरिको। बिर्खेले सानत् पारेर मत्र, नत्र बज्जेहुरलाई बौको बिहे देखाम्नि रिस उठे थो। कुरा बुझ्दा त तिनेरु चईं मुन्नीको फिलम हेर्न आ'का रे शहराँ। पे४सो ति्रने चईं कोई नि निस्केनन् रे। हरि र नेउचे अल्लारेहुरसंग के को पैसो हुन्थ्यो? छुवैले जिम्माले लै केर्दै र'चन्। जिम्माले संग नै होला त नि, आफू नि हेर्न पाईने भो भुनेर म नि उनेरु सिते लागिम्। "हन, यि केटाहुरले देखि सहेनन् त नि। मर्नि बेलाँ घाटको खर्चलाई भुनेर सम्हालेर राखेको येई केई ४-५ सै रुप्पे तो, खाने भए अब यिनेरुले। मर्दा नि सुखले परलोक जान दिन भइनन्," भुन्दै जिम्माले सुरुवालको ईजार फुस्काउन था'लो। ए। राता मकै! दुनियाँको अगाडि क्यार्न फिरि सुरुवालै फुकालेर तमासा देखाम्न लाओ बिर्खै बुढाले? भुनेर म त फिरि आँखा छोपिम्। "हो!!!!!!!!!! तेस्तो पो कुरो! बल्ल -याईं मा ठ्याईं मिलाओ बुढाले" भनेर हरिले बोलेसि बल्ल हौंलाको चेपको छेऊंऽट छियो अरेको त...बुढाले त ईजारको कुनाऽट से से को ३-४ ओटा नोट झिक्दै रच! मेरो पाल ति नोटहुर स्वाट्ट खोसेर, "पुग्यो अब, तेऊमरो तो ईजार भाँध फिरि, लाजै मर्नु, य्हैं हग्न लाओ गामको बुढाले भुनेर दुनियाले तमासै अर्लान्!" भन्दै फिरि आँखा छोपिम्। कैले देखुन् बाँधेर राखेका होलान।् कुन्नी तो से सेका नोटहुर? कुहिएर गनाम्दा सम्म हुँदो। बज्जेको तो पैसो त घाटेले नि लिन्न थो होला के रे, ठीकै बो, आज काम लाओ बुनेर फीरि अघिको तो उरन्ठेउला टिकसेलाई देखाईदिम् गामलेहुरको नि हकियत भुनेर खोज्न हिंडिम्। मुमफली वाला लाई भेटियो भुने देखाईदिम त नि फिलम् भुनेर बिचारेकै हो के रे, कता लाए कुन्नि कुमल्वा चईं?
Read Full Discussion Thread for this article