Posted by: chanaa_tarkaari May 15, 2007
Graduated from Nepali Government School
Login in to Rate this Post:     0       ?        
विश्वनिकेतनमा हामीले रु ३५ प्रतिमहिना तिरेको । कक्षा १ देखि १० सम्म कुल भर्ना फी र महिना फी तिरेको जोड्यो भने ३००० चानचुन रहेछ । कुनै स्कलरशीप नजितिकन पनि । स्कलरशीप जित्या' भे अझै घटी हुन्थ्यो होला । तर अचेल नेपालमा नर्सरीमा भर्ना गर्नलाइ टोलको खाते बोर्डिङ स्कुल ले नि १०,००० रुपैया माग्ने भैसक्यो । म आफु त सरकारी स्कुल पढियो, आफ्ना छोराछोरीलाइ पनि सरकारी स्कुल नै पढाउछु भन्यो भने दुनियाँले लौ यो त पागल भयो भन्दिहाल्छन । पढेलेखेकाको सन्तान बोर्डिङ वा सहकारी जे भन्नुस तर महंगो स्कुल गएन भने त आठौ आश्चर्य नै हुने जमाना आयो । ल भन्नुस नेपाल कहाँबाट कहाँ पुगेछ? हत्तेरीका क्या बिकास भएछ थुइक्क !!!! यस्तो बिकास त बरु नभएकै जाती होइन भन्या ? हाम्रा अर्थशास्त्री मित्रहरु फेरी मार्केट इन्फ्लेसनको कुरो गर्न थाल्दा हुन । हाम्रो पढाइको खर्च पारीवारीक आम्दानीको २% भन्दा कम थियो, तर अचेल, हाय्य्य्य्य्य्य, के हिसाव गर्नु? टाउकै दुख्छ ।
Read Full Discussion Thread for this article