Posted by: Nepe May 14, 2007
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
शिरीष, यो धागोमा समसामयिक गजलबारे सुचनामूलक सामाग्री थप्दै यसलाई जीवित राखेकोमा साधुवाद है । राजेन्द्र थापा (नाताले मेरा अलिक टाढाका भान्दाई हुन्) को मैले पढेजति गजलमा प्राविधिक पक्षमा अपूर्णता (खास गरेर अनुशासनविहिन बहर र काफिया), शैलीमा नारावाद र विचारमा दक्षिणपन्थको छायाँ देखेको छु । यसमा चाही प्राविधिक पक्षमा अनुशासन छ । शैली र विचारमा भने यथास्थिति देख्छु । ज्ञानुवाकर पौडेल चाही गजलको सन्दर्भ सामाग्री सबभन्दा बढी दोहरिने नाम हो (नेपाली गजलको वर्तमान काल शुरु गर्ने कविको रुपमा) । किन्तु, अनुशासनविहिन र नारावादी गजलले गर्दा उनी मलाई खट्किरहन्थे । माथिको गजलमा भने सापेक्षिक वयस्कता देख्छु । तैपनि एक-दुई शेर भने काफियाको समस्यापूर्ति (fill-in ) जस्ता लाग्छन् । समस्यापूर्तिगत काफियायुक्त शेर गजलको एउटा ठूलो रोग हो । हुन्छ के भने, केही राम्रा शेरहरु बनिसकेपछि एक दुई काफियाहरु अझै बाँकी रहन्छन् र कविले त्यसलाई पनि जसरी हुन्छ प्रयोग गरेर शेर संख्या बढाउने लोभ गरेर त्यसै गर्छन् । त्यस्ता शेरहरुले गजलको सौन्दर्य घटाउछन् र अन्ततोगत्वा गजलका पाठकहरु पनि । चारवटा शेर भए पछि गजल भईहाल्यो नि । त्यसैले चारवटा राम्रा शेर बनिसकेपछि बाँकी काफियाहरु राम्रा शेर बनेसम्म मात्र अपनाउने, नत्रभने लोभ नगरी फ्याकिदिने गर्नु नै गजलको सच्चा आराधना हो जस्तो लाग्छ मलाई । नेपे
Read Full Discussion Thread for this article