Posted by: shirish May 13, 2007
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
कला फेसनकी सोनु मोडलिङ्मा पनि स्वतन्त्र रूपले काम गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छन्, सोनु खड्का । उनी कुनै मोडलिङ् एजेन्सीसँग आबद्ध छैनन् । न त कुनै प्रशिक्षण नै लिएकी छन् तैपनि उनी मोडलिङ्मा रमाइरहेकी छन् । उनको सहभागिता बढीजसो र्‍याम्प वा फेसन शोतिर हुनेगर्छ । अहिलेसम्म फेसन शोमै आप\mनो भविष्य देख्ने सोनुले राजीव लोहनीको गीतमा अभिनय गरसिकेकी छन् । तर, चिनजान र फुर्सदको समय सदुपयोग गर्न भिडियोमा खेलेको उनी बताउँछिन् । भन्छिन्, "म खासगरी फेसन शोमै व्यस्त हुन चाहन्छु तर समय मिलेछ भने म्युजिक भिडियोमा खेल्न मलाई आपत्ति हुनेछैन ।" काठमाडौँमै हुर्किएकी सोनुले भर्खरै प्लस टू सिध्याएकी छन् । थप अध्ययनलाई जारी राख्दै मोडलिङ्मा भिजिरहने उनको योजना छ । मोडलिङ्मा सोचेजस्तो पैसा नभए पनि भविष्यमा राम्रो सम्भावना भने उनले देखेकी छन् । त्यही भएर उनले साइबरसंसार डटकम सँग फोटोसेसन गराएकी हुन् । जुन आप\mना लागि फलदायी भइरहेको उनको दाबी छ । उनलाई भर्खरै केही निर्माताले चलचित्रमा खेलाउन चाहेका थिए । उनी चलचित्रमा नखेल्ने त भन्दिनन् तर उति साह्रो हतार छैन रे ! भन्छिन्, "प्रस्ताव आयो भन्दैमा आफूले सक्छु सक्दिनँ भन्ने विचारै नगरी हाम फाल्न त भएन नि ! पछि सक्छु भन्ने लाग्यो भने खेल्नेछु ।" -------------------------------------------------------------------------------- अचानक गजलकार ललिजन रावलले आप् mनै वाचनमा ३४ वटा गजलहरुलाई अडियो सीडी एउटा बन्द खाम मा रेकर्ड गरी सार्वजनिक गरेका छन् । उनका यसअघि दुई गजलसङ्ग्रह, दुई कवितासङ्ग्रह, एक गजल र कविताको संयुक्त सङ्ग्रह पुस्तकमा निक्लिसकेको छ गजल वाचनको सीडी पहिलो हो ? नेपालमा पहिलो हो । अहिलेसम्म अरूले निकालेको थाहा छैन । पहिलो हुनु मात्र यसको विशेषता हो ? पाठकलाई गजलकारकै आवाजमा गजल सुन्ने मन हुन्छ । त्यो इच्छा यसले मेटाइदिनेछ भने भविष्यका लागि एउटा गजलकारको आवाज सुरक्षित भएको छ । किताब निकाल्न गाह्रो कि सीडी ? किताब निकाल्न सजिलो हो । तर, मिडियाका मान्छे भएर सीडी झन्झट भएन । खर्च उस्तै हो । कमाइ नि ? न किताबमा छ, न त सीडीमा । किताबमा चाहिँ लगानी उठ्नेसम्मको अवस् था शुरू भएको छ । भनेपछि यसअघिका किताबहरूमा निकै खर्च भयो ? खर्च भए पनि साहित्यको भण्डार बढाउन पाउनु सन्तुष्टिको कारण थियो र छ पनि । आप\mनो वाचन कस्तो लाग्यो ? रेडियो र टीभीबाट सयौँ गजल वाचन गरसिकेको छु । आप\mनो स्वर मनपर्नु स् वाभाविक हो । मूल्याङ्कन त स्रोताले गर्ने हो । यो सीडीमा अपनाइएको लय गजल वाचनको मानक हो ? यो निजी शैली हो । तैपनि, सिक्न खोज्नेहरूलाई केही सहयोग भने पुग्नेछ । सीडी मात्रै निकाल्ने हो भने त पाठक र स्रोतासँगको दूरी बढ्दैन ? सीडी पुग्यो । आठ-दश वर्षपछि निक्लिए अर्कै कुरा, अब किताब निकाल्छु । गजल वाचनपछि गायनतिर पो लाग्ने हो कि ? गीतसङ्गीतको पारखी स्रोता हुँ । तर, गाउन कहिल्यै जानिनँ अथवा भनौँ त्यतातिर मन गएन । त्यसैले गायन परकै कुरा हो । http://www.kantipuronline.com/Nepal/kala.php
Read Full Discussion Thread for this article