Posted by: gahugoro May 13, 2007
Ministers attend WANTED's party
Login in to Rate this Post:     0       ?        
ँफरार’ प्रर्साईंको निम्तोमा नेताहरू केदार ओझा काठमाडौं, वैशाख २९ - घरेलु तथा साना उद्योग विकास बैंकमा आर्थिक अनियमितता गरेको अभियोगमा पक्राउ गर्न प्रहरीले खोजी गरिरहेका सीताराम प्रर्साईंले शुक्रबार खुलेआम मुलुकका सयौं प्रभावशाली व्यक्तिलाई भव्य भोज खुवाएका छन् । उनले छोरा परासरको विवाहका अवसरमा ती व्यक्तिलाई शुक्रबार लाजिम्पाटस्थित होटल र्‍याडिसनमा निम्तो गरी भोज खुवाएका हुन् । होटल वरिपरि दर्जनौं प्रहरी तैनाथ थिए तर पक्राउका निम्ति नभई प्रर्साईंको निम्तोमा आएका हजारभन्दा बढी प्रभावशाली व्यक्तिको सुरक्षा र गाडी व्यवस्थापनका निम्ति । घरेलु तथा साना उद्योग विकास बैंकका तत्कालीन अध्यक्ष प्रर्साईंलाई झन्डै २८ करोड रुपैया“ बैंकिङ नियम मिचेर ऋण प्रवाह गरेको अभियोगमा राष्ट्र बैंकले गत साल भदौ २६ गते प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन पत्राचार गरेको थियो । बैंकको अध्यक्ष हु“दा पदको दुरुपयोग गर्दै प्रर्साईंले रौतहटको चन्द्रनिगाहपुरस्थित मोडल ह्युम पाइप उद्योग र झापाको चापानेस्थित मित्तल चिया उद्योगको नाममा बिनाधितो तोक आदेशको भरमा ८० लाख रुपैया“ ऋण प्रवाह गरेका थिए । त्यसैगरी उनकै आदेशमा १४ वटा र्फमलाई कमसल धितो राखी २२ करोड ऋण प्रभाव गरेको भेटिएको थियो । काठमाडौं प्रहरीले भने माथिबाटै 'पक्राउ नगर्नू' भन्ने आदेश आएका कारण पक्राउ नगरिएको बताएको छ । सम्बद्ध अनुसन्धान अधिकृतलाई जिज्ञासा राख्दा भने ठेगाना स्पष्ट नभएको, अनुसन्धान र मुद्दाका निम्ति कागजपत्र पर्याप्त नभएको बताउ“छन् । आफन्त र आगन्तुकलाई भने हजुरआमा मैनादेवी प्रर्साईंका नाममा निमन्त्रणा गरिएको थियो । तर अधिकांश प्रभावशाली निम्तालुहरूलाई प्रर्साईं आफैंले हात मिलाएर स्वागत गरेका थिए । भोजमा एमाले महासचिव माधवकुमार नेपाल, शान्ति तथा पुनर्निर्माणमन्त्री रामचन्द्र पौडेल, उद्योग वाणिज्य तथा आपर्ूर्तिमन्त्री राजेन्द्र महतो, जलस्रोत राज्यमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्ष्ँक वासुदेव ओलीसमेत उपस्थित थिए । भोजमा सहभागी अन्य महत्त्वपर्ूण्ा व्यक्तिमा पर्ूवप्रधानमन्त्री र्सर्ूयबहादुर थापा, एमाले नेता मोदनाथ प्रश्रति, कांग्रेस -प्रजातान्त्रिक) का नेता एवम् पर्ूवगृहमन्त्री पर्ूण्ाबहादुर खड्का, डा. प्रकाशचन्द्र लोहनी, माले महासचिव सीपी मैनाली, नेपाल बार एसोसिएसनका अध्यक्ष विश्वकान्त मैनाली, बारकै पर्ूवमहासचिव माधव बा“स्कोटा, त्रिभुवन विश्वविद्यालयका पर्ूवउपकुलपति नवीनप्रकाशजंग शाहलगायत उच्च प्रशासक तथा सुरक्षा अधिकारी थिए । सरकारी ओहदामा रहेका कर्मचारी र सुरक्षाकर्मीहरू निजी गाडी र सादा पोसाकमा उपस्थित देखिन्थे । समारोहमा सरिक हुन कम्तीमा नौ सय गाडी र्‍याडिसन प्रवेश गरेको एक सुरक्षागार्डले कान्तिपुरलाई बताए । गृहमन्त्री कृष्ण सिटौला भने जान तयारी गरे पनि अन्तिम समयमा रोकिएका थिए । सिटौला विवाहको निम्तोमा जाने सूचना पाएपछि होटल परिसरमा प्रहरी निरीक्षकको कमान्डमा सुरक्षा व्यवस्था परिचालित थियो । तर सिरहामा सरकारी कर्मचारीको अपहरणपछि हत्या गरिएको सूचना आएपछि गृहमन्त्रीको र्‍याडिसन जाने कार्यक्रम रद्द भएको थियो । Posted on: 2007-05-12 22:21:49 http://www.kantipuronline.com/kolnepalinews.php?&nid=109412
Read Full Discussion Thread for this article