Posted by: sayami May 12, 2007
Login in to Rate this Post:
0
?
.
राहुल भाइको टोल वरि परि हुर्केको
स्कुलपनि त्यहि बागमती किनारमा गएको
घरको अबस्था पनि मिल्दोजुल्दो भएको
नेवारी समाज र संस्क्रिति झुल्केको
मन भित्रै देखिको भाव तरंगहरु प्रष्ट देखेको
यो सत्य लेख तर बडो रोचक लयमा लेखिएको
लेख् सुनको तक्मा पढदा
आफ्नै जीवनको क्यासेट रिवाइण्ड गरेको
जस्तै बितेका कुराको झलझल याद आयो।
आफु पढाइमा भन्दा घरमा
दाजु भाइ मिलि चुलो बाल्न तिर
लागेकोले तक्मा भन्दा पनि माना पाथीको
जोडजाडमा समय धेरै बितियो।
कक्षा १० को बिचमा नराम्रै तवरले
पढाइनै छोड्नु पर्ने गरी बिरामि हुंदा
खेरि गम्भिरमान घरमा आएको
कुरा अहिले सम्म एकदम ताजा याद छ
तर राहुलभाइले जस्तो बोर्ड ल्याउने भाका
भने मैले पुरा गर्न सकिन।
राहुलभाइको यो लेखपढदा
मैले जिन्दगिमा सन्तुष्टि र सफलताको
लागि गरेको ब्यक्तिगत यात्राको
बर्णन यहां साझामा लेख्न भने हौसला
जरुर मिलेको छ।
राहुलभाइमा क्षमता छ, तरिका छ,
भाव अभिब्यक्त गर्न जानेको छ
साझामा राहुलभाइको सरसर्ति
पढन हुने भावुक लेख्न चाहि नटुतोस,
दाहिने हातको दुइ औंलाको बिचमा
चुरोटको ठाउं पनि कलमले नै लियोस
बुद्धं शरणं गछ्यामि
राहुल शरणं गछ्यामि
.