Posted by: gahugoro May 12, 2007
Ministers attend WANTED's party
Login in to Rate this Post:     0       ?        
फरार अभियुक्तको पार्टीमा एमाले महासचिवदेखी सशस्त्रका आइजिपिसम्म प्रहरी पक्राउ पुर्जी जारी गर्छ अनी पक्राउ गर्न नसकेको बताउँदै अभियुक्तलाई फरार सुचिमा राख्छ अभियुक्त काठमाडौंकै एक भब्य होटलमा भोजको आयोजना गरी देशका वरिष्ठ नेतादेखी शुरक्षा अङ्गका प्रमुखसम्म मन्त्रीदेखी कानुनको ठेक्का लिएको बार एसोसिएसनका अध्यक्षसम्मलाई आमन्त्रण गर्छन् र त्यो विवाह भोजमा उनीहरु देखिन्छन् । यस्तो दुर्लभ दृष्य अन्य देशमा देखिन्छ देखिँदैन तर नेपालमा भने शुक्रवार यस्तै देखियो नै । फरार ब्यक्ति हुन् प्रहरीको पक्राउ सुचिमा रहेका सिताराम प्रसाई अनी उनका पाहुनाहरु हुन् नेकपा एमालेका महासचिव माधवकुमार नेपाल शान्ति मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री रामचन्द्र पौडेल बाणिज्य मन्त्री राजेन्द्र महतो जलस्रोत राज्यमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सशस्त्र प्रहरीका आइजीपी वासुदेव ओलि राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सुर्यबहादुर थापा एमाले नेता मोदनाथ प्राश्रितशाही गृहमन्त्री कमल थापा माले महासचिव सिपि मैनाली अनी नेपाल वार एसोसिएसनका अध्यक्ष विश्वकान्त मैनाली । तपाइलाई लाग्ला भोजस्थल कुनै गोप्यस्थल होला जहाँ प्रहरी पुगेनन् भन्ने तर हैन भोजस्थल हो लाजिम्पाटस्थीत होटल र्याडिसन । अब तपाइ नै भन्नोस् यो नेपाल कस्तो हो र यहाँका नेताहरु कस्ता हुन् । राज्यले अपराधी घोषणा गरी पक्राउ वारेन्ट जारी गरेका अपराधीको पार्टीका धकै नमानी नेताहरु सहभागि हुन्छन् । सनसनीपुर्ण यो समाचार प्रकाशित गर्ने नयाँ पत्रिकाका अनुसार प्रसाई घरेलु तथा साना विकास बैंकका तत्कालीन अध्यक्ष हुँदा २८ करोड ठगि गरेको प्रमाणित गर्दै नेपाल राष्ट्र बैंकले वित्तिय अपराधि घोषणा गरेका ब्यक्ति हुन् । उनी राजाको सकि्रय शासनकालका सहयोगि हुन् । उनको घरमा शाही उपाध्यक्ष तुल्सी गिरी बसेका थिए । उनलाई पक्राउ गर्न प्रहरीले उपत्यका सहित पुर्वााचल मध्यमाचल र पश्चिमााचल क्षत्रिय प्रहरी कार्यालयलाई पत्र पठाएको थियो । तर उनी पक्राउ परेका छैनन् । प्रहरी भन्छ खोजि गरिरहेका छौं तर फेला पर्न सकेको छैन । कस्तो मजाक प्रहरी संयन्त्रको अनी कानुनको । भोजस्थलको शुरक्षाको लागि एक डफ्फा प्रहरी परिचालित थिए । पक्राउ गर्न हैन भोजमा आउने ब्यक्तिको शुरक्षा गर्न । तर प्रहरीले मात्र के गर्ने उनको भोजमा आउने ब्यक्तिहरुको सुचिले नै उनको पहुँच कुन स्तरसम्म रहेछ भन्ने प्रष्ट भएको छ नै । अब प्रहरीले मात्र के गर्ने । तर अब प्रसाईको भोजमा जाने नेताहरुले यसको उत्तर भने दिनुनै पर्छ । सुर्यबहादृुर थापा कमल थापा जस्ता नैतिकहिन नेताका लागि त के प्रश्न गर्नु । तर शान्तिमन्त्री रामचन्द्र पौडेल एमाले महासचिव माधवकुमार नेपाल लगायतका जो अहिले आठ दलीय गठबन्धनमा सहभागि रहेका छन् उनीहरुले यसको प्रष्टिकरण दिनैपर्छ । यसमा प्रसाईका सहयोगिका रुपमा एमाले महासचिव माधवकुमार नेपाल रहेको पहिला नै प्रष्ट भइसकेको छ । मदन भण्डारी मेमोरियल फाउन्डेसनको नाममा प्रसाईले दिएको सुविधासम्पन्न सवारी अहिले माधवकुमार नेपालले आफ्नो नीजि प्रयोजनका लागि प्रयोग गरिरहेका छन् । पहिला त नेपाल सहयोगि हुन् या हैनन् भन्ने आशंका थियो । तर यो घटनाले उनी प्रसाईका संरक्षक नै भएको पुष्टि भएको छ । यसमा अन्यको विषयमा भन्दा पनि अब विश्वकान्त मैनालीको विषयमा भने सोच्नैपर्ने भएको छ । उनी एमालेको टिकटमा नेपाल बार एसोसिएसनका विजयि अध्यक्ष हुन् । नेपाल बार भनेको कानुनी राज्यको पक्षमा संघर्षरत संस्था हो जसले राजाको निरंकुशता विरुद्ध डटेर लडेको थियो । तर त्यही संस्थाका अध्यक्ष मैनाली फरार अभियुक्तको पार्टीमा देखिनु बारको गरिमामा एक गम्भिर धक्का हो । रामचन्द्र पौडेल र राजेन्द्र महतोसंग स्पष्टीकरण लिनु पर्छ । उनीहरुको अपराधिसंग साँठगाँठ भएको अभियोगमा पदमुक्त गर्नुपर्छ । शसस्त्रका आइजीपी वासुदेव ओलिलाई निलम्बन गर्नुपर्छ । प्रसाई प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सहयोगि भएको आधारमा पक्राउ नपरेको हो भन्ने आधार दिएर समाचार प्रकाशित भएको छ । समाचारका अनुसार उनकी छोरी गिरिजाप्रसाद कोइरालाका जेठा दाजु मातृकाप्रसाद कोइरालाका नाती अमित कोइरालाकी श्रीमति भएको लेखीएको छ । गिरिजाप्रसाद कोइरालाको जेठा दाजु मातृका कोइरालाका जेठा नाती भनेर विचमा अमितका बाबु को हुन् भन्ने कुरा लुकाएको जस्तो लाग्यो । अमितका बाबु हुन् एमालेका सल्लाहकार कमल कोइराला । उनी कोइराला परिवारका एक मात्र कम्युनिष्ट हुन् । कमल कोइराला पत्रकार समेत हुन् । उनी जनआस्थामा नियमित जस्तो लेख्छन् अनी रोडम्यापका प्रधानसम्पादक उनै हुन् क्यारे । यदी अमितका ससुरा भएको आधारमा प्रसाइको संरक्षण भएको भए पक्कै पनि यो एमालेले गरेको हो । किनकी कमलको गिरिजाप्रसादसंग भन्दा माधवकुमार नेपालसंगै राम्रो पक्कै छ । प्रसाइलाई जोगाउन कोइरालाको कुनै हात छैन भनेर प्रष्ट बनाउन खोजेको हैन मैले केवल छोराको नाम लेख्दा बाबुको नाम लुकाएकाले प्रष्ट पारेको मात्र हो । २००७ सालको राजनीतिक परिर्वतनसंगै मातृका कोइराला र विपि कोइरालाविचको झगडाका कारण उनको पार्टीका त्यत्ति राम्रो पकड बन्न सकेको थिएन । मातृका विद्रोही भएर राजा महेन्द्रको पोल्टामा गएपछि उनको कांग्रेसमा हैसियत समाप्त भएको भनिन्छ । http://www.hamroblog.com/?p=429#more-429
Read Full Discussion Thread for this article