Posted by: chipledhunga May 11, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
दश हातको फरियैमा पाँचै हातको मुजा तीन हात फनक्कै बेरी दुई हातको सप्को पाँच हातको पटुकी त चार हातको बर्को पेट्टिकोट र चोली माथि (???) अर्को नक्कलीलाई दिनु पर्ने कपडाको टुक्रो एुटा बिहे गरुँ भन्दा ढाडै भयो कुप्रो ब्रम्हा बिष्णु महेश्वर कुलको देउता भिमेश्वर् धन पनि भकी मन पानी भकी जुराइदेऊ न परमेश्वर टलमा टल शीतैको थोपा कर्कलोको पातैमा रातोमा धागो चुलठी बाटी काँचको चुरा हातैमा सुन चाँदीका के कुरा मन रुने माया लाइदिउँला नक्कली मैयाको घरैमा दिनको चार फेर आइदिउँला ब्रम्हा बिष्णु महेश्वर कुलको देउता भिमेश्वर गाउँकी गोरी कान्छी चाँही छोरी जुराइदेउ न परमेश्वर् धन भकी मैया धनौरी एक दिन फेला परौली हातमा ऐना काँगियो दुई घण्टा सिङगार गरौली सिन्दूर् त राम्रो सिउँदोमा कोठी त राम्रो चिउँडोमा एक फेर माया लाइदेउ न संगै बसौंला हिउँदोमा ब्रम्हा बिष्णु महेश्वर कुलको देउता भिमेश्वर मायाकि डोरी कान्छी चाँही छोरी जुराइदेउ न परमेश्वर
Read Full Discussion Thread for this article