Posted by: Rahuldai May 11, 2007
राजनीति बढी भो ....... हगि?
Login in to Rate this Post:     0       ?        
हुन त म नेपाली काँग्रेस को कर्यकर्ता पनि होइन, प्रवक्ताको कुरै आउंदैन, तर प्रजातन्त्रबादि चाहि पक्कै हुं। जनाअन्दोलन भाग २ मा सके सम्म आफुले नि भाग लिएको र योगदान गरेको कुरा भन्न पनि धक छैन। त्यो आन्दोलन आठबुँदे अनि १२ बुंदे सहमति पछि को सयुंक्त प्रयास हो। आन्दोलन को तत्कालीन उद्देश्य भनेको संसद पुनर्स्थापना, अन्तरिम संबिधान र माओबादि सहित को अन्तरिम सरकारले गर्ने संबिधान सभाको चुनाव हो। अब संबिधान सभाको चुनाव प्राबिधिक कारणले तोकिएको मिती जेष्ठ मसान्त भित्र गर्ने भन्ने बिषय चाहि संभव भएन। दोष सबै को छ, एक् ब्यक्ति र पार्टिलाई दिनु कहां सम्म मनासिब छ त? अनि काँग्रेसले सेरेमोनियल राजाकै पक्षमा जाला भन्ने डर र आशंका किन? संबिधान सभाको चुनाव मा जानु पर्यो नि पहिले त। जस जस्ले जे को नाम भोट माग्न सक्छ मागुन। किन टाउको दुखाइ? काँग्रेस अहिले सम्म राजतन्त्र निरिपेक्ष छ। भोलि संबिधान सभाको संघारमा राजतन्त्रको पक्षमा भोट माग्छ भने उस्को खुशी हो। जनताले भोट् पनि त हाल्नु पर्यो नि, होइन र ? मागेर मात्र पाइने वस्तु हो र भोट, जनताको मन जित्नु पर्छ, मत जित्नलाई। देश गणतन्त्रमय भएको बेला, राजतन्त्रको नाममा भोट मागेर के कांग्रेसको अस्तित्व बच्ला त? लालमय भएको बेला मा पनि नेपाली कांग्रेसलाई मत हाल्ने उल्लेख्य जनताको कदर नेपाली कांग्रेसले न गरे त्यो पार्टिको नामो निशान मेटिन्छ र भोट त गणतन्त्रबादि अन्य पार्टिलाई नै जाने हुन नि। अब किन टाउको दुखाउने, काम्रेड् प्रचण्ड र अन्य बामबुद्धिजिवीहरुलाई? अहिले नै संसदबाट् गणतन्त्र घोषणा गर्ने रे। सुन्दा राम्रो लागे पनि, हुंदा राम्रो भए नि, छर छिमेक को नि त बिचार गर्नु पर्‍यो नि। २१सौं शताब्दिमा बिश्व मन्चको नि खयाल गर्नु पर्‍यो नि। अनि नेपालको शान्ति प्रक्रियामा राष्ट्र संघ सामेल भएको बेला, सबै तिर प्रक्रिया पुर्‍याउनु पनि पर्‍यो नि। ज्ञानेले भन्ने बाटो न पाउन् भन्ने पनि हेक्का राख्नु पर्‍यो नि। नत्र त्यो चन्डाल फेरि "" मैले संबिधान सभा को निर्णय मान्छु भन्दा भन्दै जबर्जस्ति हटायो" भन्दै अनेक शत्रु गुहार्न थाल्छन्। यत्रो बाम पन्थी शक्ति को जगजगि भाको बेला, यदि उहाँहरुलाई आफ्नो शक्ति र जनतामा बिश्वास छ भने सके सम्म छिटो संबिधान सभाको चुनाव हुने वातावरण बनाउन सहयोग गर्नु पर्ने होइन र। मत त गणतन्त्रकै पक्षमा खस्ने हो नि। ठाउं कु ठाउंमा कार्यालय जलाएर, चक्का जाम गरेर, मान्छे कुट्ने, अपहरण गर्ने गरेर, अनि संसद अबरुद्ध गरेर चुनाव छिटो हुन सक्छ र? काम्रेड हरुले न बुझेको कि मैले , अलमलमा छु। नेपाली कांग्रेस र गिरिजालाई दोष थुपारेर भोट् जोगार् गर्ने संसदको चुनाव होइन नि संबिधान सभाको चुनाव। मूल बिषय भनेको जनताको मतको कदर गर्नु हो। सबैलाई बिश्वास छ( केहि दरबारियालाइ बाहेक्), मुलुक गणतन्त्रमय भएको छ। यति बेला पनि चुनावै न गरिकन गणतन्त्र घोषणा गर्ने कुरा चाहि पचेन।
Read Full Discussion Thread for this article