Posted by: sumedhu May 11, 2007
Nepal ko yetro Beijjat
Login in to Rate this Post:     0       ?        
चाइनाले नेपालमा घरघरै पेट्रोलका नल्का पुर्‍याइदेला भनेर मनको लड्डु घिऊसंग हसुर्न खोज्ने कामरेडहरूको अल्पबुद्दिमा केवल खित्का छोड्न सकिन्छ । हैन त्यसै भएछ भने उसकै गीत गाउँला तर यो त्यति सजिलो छ त ? हिसाब गर्नुस , कलकत्ताबाट बिरगञ्ज वा बिराटनगरसम्मको दुरीको तुलनामा चीनको नजिकको पोर्ट सिटीदेखि नेपाली सीमासम्मको दूरी कम्तिमा ४ गूणा बढी छ । अर्को कुरा, अहिले बनेर सम्पन्न भएको प्रसिद्द किङ्गाई-ल्हासा रेलमार्गको ल्हासा पुग्न नेपाली सीमाबाट कम्तिमा १ हजार किलोमिटर पर पुग्न पर्छ । हिसाब गर्दा, चीनले हामीलाई ढुवानी खर्च आँफैले ब्योहोरेर सित्तैमा तेल बाँडिदिएछ भनेत सजिलै थापौँला बाल्टी बाल्टीमा तर फ्रि मे दिएको पेट्रोलियम ढुवानी खर्चमात्र हामीले ब्योहोर्ने खालको बन्यो भने पनि हामीले अहिलेको मूल्यभन्दा कैयौँ महंगो तिर्नै पर्ने हुनेछ । तसर्थ, हावामा पे्ट्रोलको सपना बुन्नु भन्दा अरू केही सोच्नु राम्रो हुन्छ ।
Read Full Discussion Thread for this article