Posted by: Birkhe_Maila May 10, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
सपै ठिकै छ भन्नु परो ठुल्नानि! अनि तिउँरो के छ नि? ब्यान कतिखेर उठेउ? उठेर पँधेरा बाट पानी ल्यायौ? भकारो सोह्रयौ? भैँसिलाई कुँडो पकायौ? आँगन बडार्यौ? मकै छोडायौ? रछ्यान सफा अर्यौ? मदानि पखाल्यौ? अँगेना सल्कायौ? के पकायौ? मस्यौराको तिउन पकायौ? अचारमा केको छोप हाल्यौ? दालमा जिम्ब झान्यौ? :) लु तिमी यि कति कुरा भनेको के हो भनेर मलाई चाहिँ नसोध है! गाले, यामे,नेप्चे, थाप्ले, ठुल्दाई, चिप्ले सपैलाई जदौ! हस त धन्यवाद्!
Read Full Discussion Thread for this article