Posted by: sabaiko satru May 10, 2007
Nepali in United Kingdom
Login in to Rate this Post:     0       ?        
नेपाली काउन्सिलरको पहिलो दिन नवीन पोखरेल लन्डन, उमेर ३९ वर्ष । उचाइ जम्माजम्मी ५ फिट साढे ४ इञ्च । नेपाली राष्ट्रिय पोसाकमा ठाँटिएर निर्धारित समयभन्दा दस मिनेटअघि -स्थानीय समय १ः५०) नै कार्यालय पुग्दा उनको स्वागतार्थ तल्ला कर्मचारी पुष्पगुच्छा लिएर तम्तयार भइसकेका थिए । 'नेपाली काउन्सिलरको अन्डरमा काम गर्दा कस्तो हुने हो भनेर कौतुहलतामा पो रहेछन्,' बेलायतकै इतिहासमा पहिलोपटक काउन्सिलर बनेका नेपाली धन गुरुङले शपथग्रहणका दिन मंगलबार सम्भिmए- 'नेपालीको छोरोले यति विघ्न जिम्मेवारी पाउँदा मेरो हर्षका आँसु झरे ।' भाषण होइन, चार वर्ष कार्यकालमा कामै गरेर देखाउनुपर्ने हुँदा जोखिम पनि उत्तिकै भएको निष्कर्ष उनको छ । 'पहिलो कठिन त मैले बजेटकै काम देखेको छु । जनताको सेवामा कति खर्च हुन्छ, के कसरी विनियोजन गर्ने हो बुझेरमात्र अघि बढ्छु,' उनले भने- '१८ वर्ष बि्रटिस आर्मीमा छँदा अर्काको कमान्डमा काम गरेको थिएँ, अब आफैंले कानुनको दायराभित्र रहेर अर्कालाई निर्देशन दिन सहज छैन ।' दिउँसो २ बजे एक्जुकेटिभ सिनियर लर्डबाट 'डिक्लेरेसन अफ एसेप्टेन्स अफ अफिस अफ काउन्सिलर' को शपथ खाएपछि फोक्सटन टाउनका काउन्सिलर गुरुङमा हातमा गह्रुँगो 'फोक्सटन टाउन काउन्सिल स्ट्यान्डिङ अर्डर' फोल्डर परेको छ । जसमा प्लानिङ कम्युनिटी सर्भिसअन्तर्गत जनसरोकारका क्षेत्र टाउन प्लानिङ, व्यवस्थित आवासीय भवन निर्माण परिकल्पना, सडक, बत्ती, एनएचएस, बच्चाको खेल मैदान, अपराध नियन्त्रण, फोहर संकलन, हरियाली र स्वच्छ सहर बनाउने अभिभारा छ । उनले फोक्सटन टाउनका आठवटा वार्ड सम्हाल्नुपर्नेछ, जहाँ करिब दुई हजार नेपालीको बसोबास छ । जनतासँग भोट माग्दा गरेको वाचा पूरा गर्न उनी कटिबद्ध छन् । 'मैले केयर होम भिजिटका क्रममा वृद्धवृद्धाबाट पाउनुपर्ने सुविधा समयमा नभएको गुनासो सुनेको थिएँ । त्यसैले अब बीबीसी टेलिभिजनका साथमा मेरो क्षेत्रका २५ केयर होमको निरीक्षण गर्न जाँदैछु,' उनले आफ्नो प्राथमिकताको सूची देखाउँदै सुनाए । आगामी मे १८ मा मेयर चुन्ने जिम्मेवारीमा पनि उनको नाम अंकित छ । गुरुङको अन्डरमा कार्यकारिणी टाउन क्लर्क, कम्युनिटी डेभलप्मेन्ट अफिसर, सेक्रेटरी/एडमिनिस्ट्रेटिभ अफिसर, फाइनान्स अफिसर, काउन्सिलर सेक्रेटरी, सिभिक इभेन्ट्स अफिसर र टाउन सार्जेन्ट गरी सातजनाले काम गर्नेछन् । गुरुङ बेलायतको तेस्रो ठूलो पार्टी लिबरल डेमोक्रेट्सका तर्फबाट काउन्सिलरमा उठेका थिए । बेलायतको राजनीतिमा नेपाली नागरिकले उम्मेदवारी पाएर प्रतिनिधित्व गरेको यो पहिलो हो । अवकाशपछि सन् २००४ मा राजनीतितिर प्रवेश गरेका गुरुङ लिबरल डेेमोक्रेट्सजस्तो ठूलो पार्टीले पत्याउनुमै सफलता देख्छन् । 'गोर्खालीहरूले २ सय वर्षयता बेलायतका पक्षमा गरेको बलिदानीको प्रतिफल पनि हो यो,' उनले सुनाए । मेचीको झापामा जन्मिएका गुरुङले सैनिक सेवाको १८ वर्ष समयावधि बेलायत, अफगानिस्तान, बोस्नियालगायत मुलुकमा बिताएका थिए ।
Read Full Discussion Thread for this article