Posted by: freepressnepal May 8, 2007
Mount Everest - Kamana
Login in to Rate this Post:     0       ?        
http://newsofnepal.com/kps/fullnews.php?serialno=9023&&sec=41&&ssc=51 सगरमाथामा कामना प्रकाशनको झन्डा सुशील भट्टराई, (काठमाडौं)। विश्वको सर्वोच्च शिखर सगरमाथाको शिरमा कामना प्रकाशन समूहको लोगो अंकित झन्डा फहर्‍याइएको छ। तीन वर्षअघि सबैभन्दा कम समय ८ घण्टा १० मिनेटमा सर्वोच्च शिखर चुमेर विश्वकीर्तिमान कायम गरेका २९ वर्षीय आरोही पेम्बादोर्जे शेर्पाले मंगलबार बिहान १० बजे सगरमाथाको शिरमा कामना प्रकाशन समूहको झन्डा फहराएका हुन्। चार जापानी र सात नेपाली आरोही सहभागी 'नोगुची एक्सपिडिसन' दलका सदस्य पेम्बादोर्जेले तिब्बती भेगबाट बिनाअक्सिजन सफलतापूर्वक सगरमाथा आरोहण गरेका हुन्। उनीसँगै उनका भाइ १७ वर्षीय फुर्वाले पनि सगरमाथा शिर चुमेका छन्। राजधानीको वर्ल्ड समिट एक्सप्लोरर प्रालिको व्यवस्थापनमा सगरमाथा गएको पेम्बादोर्जेको दलका बाँकी आरोहीले भने शिखर चुम्न बाँकी रहेको सो प्रालिका निर्देशक केदार खड्काले मंगलबार नेपाल समाचारपत्रलाई जानकारी दिए। 'आधारशिविरमा रहेका बाँकी आरोहीले केही दिनभित्रै सगरमाथा चुचुरो टेक्नेछन्', निर्देशक खड्काले भने- 'पेम्बादोर्जे आज बुधबार आधारशिविर र्झछन् र आगामी जेठ १४ गते राजधानी फर्किनेछन्।' देशमा दिगो शान्ति र स्थायित्व तथा विश्व शान्तिको कामना गर्दै पेम्बादोर्जेले कामना प्रकाशन समूहको झन्डा सँगसँगै आठ राजनीतिक दल, संयुक्त राष्ट्रसंघ र यसका सदस्य राष्ट्र, वर्ल्ड समिट र निजी तथा आवासीय विद्यालयहरूको संगठन (प्याब्सन) को झन्डा, शान्तिका अग्रदूत गौतम बुद्ध तथा शान्ति स्थापनामा महत्त्वपूर्ण भूमिका खेल्ने प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डको तस्वीर पनि चुचुरोमा पुर्‍याएको प्रालिका प्रबन्धक साहिल शेर्पाले बताए। दोलखा गौरीशंकर-१ का आरोही पेम्बादोर्जेको यो छैटौं सफल सगरमाथा आरोहण हो। उनले यसअघि ८ घण्टा १० मिनेट, १२ घण्टा ४५ मिनेट एवम् पाँच दिनको अन्तरमा दुइ पटक सगरमाथा आरोहणको विश्वकीर्तिमानसमेत कायम गरिसकेका छन्। त्यसै गरी उनले ल्होत्से बिनाअक्सिन, सिसापाङ्मा दुइ पटक, अमादब्लम पाँच पटक, मनास्लु, नाङपाइगोसुमलगायत विभिन्न हिमाल २७ पटक सफल आरोहण गरिसकेका छन्। पेम्बादोर्जेले आगामी वर्षनेपाली भेगबाट सगरमाथा र ल्होत्से एकै पटक आरोहण गर्ने तथा सगरमाथा चुचुरोमा बिनाअक्सिजन २४ घण्टा बिताई अर्को नयाँ विश्वकीर्तिमान राख्ने लक्ष्य लिएका छन्। यसअघि सगरमाथाको ८ हजार ५ सय मिटर उचाइमा बिनाअक्सिजन तीन रात बिताएको अनुभव उनीसँग छ। यस पटक उनलाई अर्का अनुभवी आरोही सोलुखुम्बुका ३५ वर्षीय कृष्णबहादुर तामाङसहित जापानका प्रख्यात आरोही केन नोगुचीले साथ दिएका छन्। नेपालीको नेतृत्व तामाङले र जापानीको नेतृत्व नोगुचीले गरेका छन्।
Read Full Discussion Thread for this article