Posted by: shirish May 7, 2007
Login in to Rate this Post:
0
?
धन्यबाद है सबैलाई !
एउटा नंया लेख्ने जोश चलेको थियो रेलमा घर फर्किदा फर्किदै ! अलि अलि मिलाउन थाल्या थिए - अधि नै बढेन ।
फूल्न नदिन चालिएका कुचाल बुझी दिनु पर्यो ॥
फूल हेर्दै मख्ख पर्ने हैन: आहाल बुझी दिनु पर्यो ॥
मनमा बिस्मातका छाल ल्याउन खसि रहु भन्छौ
छाङ्गा भई भीरवाट खस्दाको हाल बुझी दिनु पर्यो ।
पाप पखाल्न पटक पटक पिलाएको शुद्द जल हेर
त्यै गङ्गा, ढल छंदाको अबगाल बुझी दिनु पर्यो ।
वजन उचाली खाएको घटाउनु पर्ने बाध्यता कतै
अन्यत्र मर्दैछन् भोकै - अनिकाल बुझी दिनु पर्यो ।