Posted by: gadha May 7, 2007
Good thoughts of Pradip Giri
Login in to Rate this Post:     0       ?        
Hey fellows check this out मधेस र माओवादको द्वन्द्व प्रदीप गिरी गत जनआन्दोलनको सफलताअघि माओवादीद्वारा सञ्चालित जनयुद्ध सिङ्गो राष्ट्र र समाजको मुख्य टाउको दुखाइ भएको थियो । हाम्रो मुख्य समस्याका रूपमा त्यही चित्रित भएको थियो । त्यो चित्रण के कति सा“चो र वैज्ञानिक थियो भन्ने त्यतिबेला उठेन । समस्याको त्यो पुरानो किसिमको चित्रणउपर जनआन्दोलनको सफलतापछि पनि मुलुकले आवश्यक विचार-विमर्श गरेको छैन । त्यस्तो विचार-विमर्श हुनुअघि मुलुक मधेस आन्दोलनको भ“ुवरीमा फ“सेको छ । यस प्रकार आजको र्सवाधिक ज्वलन्त समस्या मधेस र माओवादी देखिएका छन् । मधेस र माओवादी जनयुद्ध हर्ेदा एकअर्काका विलोम वा विरोधी प्रवृत्तिका रूपमा प्रकट भएका देखिन्छन् । यो देखाई वा बुझाई सत्य भने होइन । खासमा माओवादी जनयुद्ध र मधेसी जनव्रि्रोह एउटै समस्या --) का दर्ुइ पाटा हुन् । लामो समयदेखि नेपालमा एउटा भुइ“फुट्टा शासक वर्गले राज गर्दर्ै आएको छ । वर्ग, जाति, लिङ्ग र भाषा लगायतको बहुमुखी शोषणका बलमा टिकेको यो शासक समूहलाई यताका वर्षा जनयुद्ध र मधेस व्रि्रोहका रूपमा दर्ुइतिरबाट थर्काएका छन् । कुठाउ“मा पर्दा थर्काउन तम्सिएका यी दर्ुइ शक्ति आपसमा टकराएका पनि छन् । होइन भने दुवै संर्घष्ालाई मूलतः राजकीय दमन र शासकीय शोषणविरुद्ध स्वस्थ व्रि्रोहका रूपमा हर्ेन सकिन्छ । दर्ुभाग्यवश घटनाक्रमले माओवादी र मधेसीलाई एकअर्काको विरोधमा उभ्याइदिएको प्रतीत हुन्छ । साम्राज्यवादी र शोषणप्रधान राजनीतिका संवाहक शक्तिलाई यस्तो द्वन्द्व सुखद र प्रीतिकर लाग्नु स्वाभाविक हो । तर क्रान्ति प्रगति र जनमुखी राजनीतिको कुनै पनि पक्षधर व्यक्ति र शक्तिले यी दुवै आन्दोलनलाई जुधाएर होइन कि सम्मान दिएर समन्वयनिम्ति वातावरण बनाउनर्ुपर्छ । मुलुकमा यस्तो हुन सकिरहेको छैन । यसले गर्दा हाम्रो राजनीतिमा एउटा अप्रिय गतिरोध उत्पन्न हुनगएको छ । असारमा चुनाव हुन नसक्नुका धेरै कारण छन् । मुख्यतः सरकारमा बसेकाहरूको लापरबाही हो । मधेस व्रि्रोहसमेतले यस्तो लापरबाहीलाई किर्ंकर्तव्यविमुढताको किनारासम्म पुर्‍याउन धक्का दिएकै हो । यसैले अगाडिको बाटो खोजिनुपरेको छ । यसनिम्ति हामी सबैले तथ्य र सत्यका आधारमा दुवै व्रि्रोहको ऐतिहासिक पृष्ठभूमि र भविष्यसमेतको विश्लेषण गर्नु आवश्यक छ । उक्त कार्यभार सजिलो भने छैन । जनयुद्ध र मधेस व्रि्रोह निश्चयै नेपाली समाजको शोषणप्रधान चरित्रको परिणति हो । तर दुवै व्रि्रोहको संस्कार, सोच र उठानमा समेत मौलिक भेद छ । माओवादी जनयुद्ध एक सुनिश्चित विचारधाराका आधारमा संगठित दलको संर्घष्ाका रूपमा बढेको थियो । माओवादीको वैचारिक पृष्ठभूमि आफैंमा स्पष्ट थियो । एक हदसम्म माओवादीको विचारधारा, राजनीति आज पनि त्यही छ । उनीहरूको माओवाद उनीहरूकै शब्दमा शास्त्रीय मार्क्सवादको सिर्जनात्मक विकासमात्र हो । त्यस दृष्टिले उनीहरू आफ्नो माओवादलाई आजको नेपालको सच्चा मार्क्सवाद सम्झन्छन् । मार्क्सवाद भन्नासाथ एउटा सिङ्गो जीवन प्रणालीको रूपरेखा र प्रतिध्वनि हाम्रासामु उपस्थित हुन्छ । मार्क्सवादको आफ्नै दर्शनशास्त्र, राजनीति र कार्यनीतिसमेत रहन्छ भन्ने बुझिन्छ । यस किसिमको सुनिश्चित विचार प्रणालीको अध्ययन र अनुसरणले माओवादी पंक्तिमा अद्वितीय आत्मविश्वास, ध्येयनिष्ठा र अनुशासनसमेत अवश्य उत्पन्न गर्छ । स“गस“गै यस्ता विचार प्रणालीका आफ्ना कमजोरी पनि हुन्छन् । विचार प्रणालीमा उपर्सग वा विश्लेषणमात्र थपिदिनाले त्यसको बन्धनमुखी स्वभावमा मौलिकता आउ“दैन । सिर्जनशीलता थपि“दैन । जडसूत्रवाद पनि निर्मूल हु“दैन । स्वयंम् माओवादी नेतृत्वले पनि यस सत्य र तथ्यउपर बेलाबखत सिद्धान्ततः ध्यान दिएको देखिन्छ । तर व्यवहारमा माओवादीले यस क्षेत्रमा उल्लेखनीय प्रगति गर्नसकेको छैन । फलस्वरूप उनीहरू समसामयिक नेपालको राजनीतिक गतिरोध चिर्न अर्समर्थ देखिएका छन् । हिजोको उनीहरूको राजनीतिक चपलता र सफलता मलिन ह“ुदै गएको छ । यो एक कटु सत्य हो । अर्को शब्दमा भन्ने हो भने माओवादी जनयुद्धका सैद्धान्तिक आग्रह र प्रस्थापना व्यावहारिक आवश्यकतास“ग तालमेल गर्न असफल भइरहेका छन् । उता मधेस आन्दोलनको बेग्लै पृष्ठभूमि छ । मधेस आन्दोलनलाई कुनै संगठित शक्ति वा राजनीतिक दलको आह्वानको परिणाम भनेर कदापि भन्न सकि“दैन । आन्दोलनको तत्कालीन कारणका रूपमा मधेस जनअधिकार फोरमको भूमिका अवश्य रह्यो । यसका अध्यक्ष उपेन्द्र यादव पनि चर्चाको शिखरमा पुगे । खासमा यो आन्दोलनका निम्ति अन्य कुनै कुरोभन्दा पनि लहान हत्याकाण्डले एक उत्प्रेरक तत्त्वको अवश्य काम गर्‍यो । यस सर्न्दर्भमा यादव नेतृत्वको फोरमको मात्र चर्चा गर्नु अन्य व्यक्ति र समूहप्रति अन्यायसमेत हुनेछ । खास गरेर जयकृष्ण गोइत र ज्वाला सिंहद्वारा नेतृत्व गरिएका समूहहरू पनि सम्झनर्ैपर्छ । नेपाल सद्भावना पार्टर्ीी त्यसको पर्ूवरूप सद्भावना परिषदसमेतले आजको यस स्थिति साकार पार्न जमिन तोडेका वा खोरिया फा“डेका हुन् । हु“दाहु“दै पनि यस्ता सारा प्रवृत्तिलाई उत्पे्ररक तत्त्वका रूपमै बुझनु ज्यादा समीचिन हुनेछ । रसायनशास्त्रको शब्दावलीमा उत्प्रेरक तत्त्वले स्वयम् आफूमा स्वायत्तः र विशेष शक्ति राख्दैन । उचित यौगिक मिश्रणमा यसको उपस्थितिमात्रले र्सवथा नवीन र गुणात्मक फड्को सम्भव तुल्याउ“छ । मधेस व्रि्रोहको पृष्ठभूमिमा गोइत, सिंह र यादवको प्रवेश र उपस्थितिले यस्तै भूमिका गरेको हो । मुख्य रूपमा मधेस व्रि्रोह र्सवथा स्वस्फर्ूत जनसंर्घष्ाको अभिव्यक्ति देखिएको छ । यसै परिस्थितिले मधेस आन्दोलनको समेत आफ्नै किसिमको शक्ति र सीमा प्रकट भएको छ । स्वस्फर्ूत जनव्रि्रोहले मधेस आन्दोलनलाई विशाल विस्तार र वैविध्य प्रदान गरेको छ । तर यस्तै विस्तार र वैविध्यभित्र विशृङखलता र विघटनका वीउ पनि हर्ुर्किएका हुन्छन् । यस्तो विखराव र विघटनलाई निश्चित आदर्श र विचारधाराले मात्र एउटा धागो भएर माला उनेर गा“स्न सक्छ । दर्ुभाग्यवश मधेस आन्दोलनस“ग त्यस्तो कुनै सूत्र अझै छैन । आज आन्दोलनका दृष्टिले मधेस एक छ । मधेस एक रहनर्ैपर्छ । मधेसका नेताहरूले यो तथ्य राम्ररी हृदयङ्गम गर्नुपर्छ । समावेशीय र संघीय राज्यको पर्ूण्ा प्रतिष्ठा मधेसको एकताले मात्र सम्भव गराउनेछ । त्यतिमात्र होइन । सिङ्गो नेपालको सुनौलो भविष्यनिम्ति पनि मधेस एक निर्ण्ाायक, विधायक एवं सकारात्मक तत्त्वका रूपमा रहनर्ैपर्छ । जरैसम्म गएर हर्ेर्ने हो भने प्रत्येक मानव समाजसरह यहा“ पनि विविधता र बहुअस्मिता छ । मधेसका नेतासमेतले यस विविधता र बहुअस्मिताको सम्मान गर्न धेरै सजग र र्सतर्क हुनुपरेको छ । नेपाललाई एउटा र्सवथा नया“ किसिमको सोच र संस्कार खा“चो छ । यस्तो सोच र संस्कार आकाशबाट बर्सने होइन । स्वयम् माओत्सेतुङले मार्क्सवादका शास्त्रप्रति अत्यधिक आस्था जनाउनुभयो । अर्को कोणबाट हर्ेदा माओत्सेतुङमा लोकप्रति पनि बराबरीको आकर्षा र सम्मान देखिन्छ । यस्तो आकर्षा र सम्मानले व्यावहारिक राजनीतिमा द्विविधा पनि उत्पन्न गर्छ । शास्त्रले एकथोक भन्छ, लोक एकातिर जान्छन् । स्मरणीय छ, शास्त्र साधन हुन्, लोक साध्य हुन् । जेजति शास्त्र छन्, 'लोककै गरु“ हित भनी' कथिन्छन् । नेपालीका आदिकवि भानुभक्तलाई यसको राम्रो सम्झना थियो । लोककै हितनिम्ति रामायण लेखियो । लोककै हितनिम्ति यस कथाको नेपालीमा प्रचार भयो । अहिले नेपालमा एउटा कुरा देखि“दैछ । यताका दिनमा माओवादी लोकभन्दा पनि शास्त्रलाई ज्यादा महत्त्व दि“दैछ । शास्त्रभन्दा पनि शस्त्रलाई महत्त्व दि“दैछ, शस्त्रभन्दा पनि सरकार र शासनलाई ज्यादा महत्त्व दि“दैछन् । यस्तो सरकारी शासनले श्री ५ वीरेन्द्रलाई बचाएन । राजा ज्ञानेन्द्रलाई बचाएन । हिटलर बा“चेनन् । प|mान्को र सालाजार बा“चेनन् । इरान र अफ्गानिस्तानका राजा बा“चेनन् । सोभियत रूसको क्रान्ति बा“चेन । माओत्सेतुङको शिक्षा र योगदान बा“चेन । के हामी बा“चौंला - उता मधेसी आन्दोलनको अर्कै समस्या छ । त्यहा“ के छैन, सबथोक छ । आशा छ । आत्मविश्वास छ । साहस छ । लामो समय सुतेर उठेका तन्नेरीहरूको जोश र जा“गर छ । सहिद दर्ुगानन्द झाको आदर्शको उदाहरण छ । अन्य ज्ञात र अज्ञात सहिदको सम्झना छ । हनुमाननगर काण्डपछि जयप्रकाश नारायणलाई छुटाउन अघि सरेका योद्धाहरूको स्मृति-लेख छ । रामेश्वरप्रसाद सिंह, रामनारायण मिश्र, महेन्द्रनारायण निधि, अरविन्द ठाकुरदेखि लिएर र्सर्ूयनाथ राय, रामवृक्ष यादवसम्मका त्यागी, लडाका, गौरवशाली उदाहरणले मधेस व्रि्रोहलाई यहा“सम्म ल्याएको छ । यस्तै महान आन्दोलनका नायकहरूको सम्झना गर्दा स्वर्गीय गजेन्द्रनारायण सिंह, रामजनम तिवारी, काशीप्रसाद श्रीवास्तव सम्भिmनर्ैपर्छ । रामराजाप्रसाद सिंहको त कुरै नगरौं । त्यत्रो र त्यस्तो प्रतिभा, मेधा र चरित्रका धनी रामराजा सिङ्गो नेपालका निम्ति गौरवका विषय हुनुहुन्छ । यतिमात्र भनेर पुग्दैन । यताका दशकमा मधेसी दाजुभाइले शिक्षा, स्वास्थ्य र निर्माण यातायातको क्षेत्रमा दिएको योगदान र्सवथा अतुलनीय छ । शिक्षा प्रणालीमा शिक्षक, डाक्टर, इन्जिनियर वा व्यापारमा समेत मधेसको योगदान दोस्रो छैन । मधेसले अर्थतन्त्रलाई टेवा दिएको छ । त्यति भएर पनि मधेस राजनीतिक रूपमा र्सवथा शक्तिहीन बनाइएको छ । सद्भावना पार्टर्ीी शब्दमा भन्ने हो भने मधेस उनीहरूका लागिमात्र जन्मभूमि भएको छ । राष्ट्र भएको छैन । यो सा“च्ाो हो । उक्त पृष्ठभूमिमा मधेस र माओवादीले र्सवथा पृथक स्वरूपका समस्या एकसाथ अगाडि सारेका छन् । यी दुवै समस्या सम्बोधन हुनुपरेको छ । माओवादीमा शास्त्र अलि बलियो छ । मधेसमा लोक अलि बढ्तै बलियो देखियो । दुवैमा सन्तुलन आवश्यक छ । मधेसले अकुण्ठित लोकतन्त्र खोजेको छ । माओवादले समाजवादलाई प्राथमिकता दिएको छ । मुलुकलाई दुवै चाहिन्छ । अझ ठोस रूपमा भन्ने हो भने मुलुकले लोकतान्त्रिक समाजवादको राजपथ खोजेको छ । यसैले हामीले यी दुवै जनआन्दोलन बुझनर्ुपर्छ । बुझेरमात्र पुग्दैन । बुझाउनुसमेत पर्छ । छरछिमेकलाई बुझाउनर्ुपर्छ । मधेसी र माओवादीसमेतलाई बुझाउनुपर्ने हुनसक्छ । लोक र शास्त्रको द्वन्द्व अनिष्टकारी हुन्छ । अहिले नेपालमा यही भइरहेको छ । यसको अन्त्य हुनर्ुपर्छ । Posted on: 2007-05-07 00:09:59
Read Full Discussion Thread for this article